विनाभिसा सीमाक्षेत्र पार गरेर अमेरिका आउन खोज्नेहरुको दैनिक संख्या जनवरीमा आधा कम


प्रकाशित मिति : माघ ११, २०७९ बुधबार

विनाभिसा अमेरिका मेक्सिको सीमाक्षेत्र पार गरेर अमेरिका आउन खोज्न आप्रवासीहरुको संखया दैनिक रुपमा तुलना गर्दा गत महिनाको तुलनामा जनवरीमा आधा भन्दा बढीले घटेको होमल्याण्ड सेक्युरिटीका अधिकारीले बताएका छन् । ट्रम्पकालिन टाइटल ४२ कोभिड प्रतिबन्धको विस्तार र भर्खरै अमेरिकामा कानुनी रूपमा नै बसाइँ सर्ने कार्यक्रमहरूको विस्तारका कारण यसो भएको अधिकारीहरुको भनाई छ ।

गत महिना सीमा अधिकारीहरूले सीमाक्षेत्र पार गरेर आउनेहरुको संख्या अत्याधिक हुँदा निकै संघर्ष गर्नु परेको थियो । लगभग दैनिक औसतमा ७ हजार आप्रवासीहरु विनाभिसा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न प्रयास गरेका थिए ।

सर्वोच्च अदालतले टाइटल ४२ को समाप्तिमा अस्थायी रोक लगाएको छ । बाइडेन प्रशासनले पनि थप कार्यक्रमहरु ल्याएको छ । यो अवस्थामा सिमाक्षेत्रमा दैनिक गिरफ्तारी घटेको छ । तर यो अवस्था कति समय कायम रहन्छ भन्ने स्पष्ट छैन । किनभने मानिसहरूले आफ्नो देशहरूमा गरीब अवस्थाको सामना गरिरहेकै छन् ।

बाइडेनले यस महिनाको सुरुमा उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनका क्रममा मेक्सिकोका राष्ट्रपति मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोर र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेटेका थिए , जहाँ आप्रवासन छलफलको मुख्य विषय थियो।

मेक्सिकोको भ्रमणको केही दिन अघि बाइडेन प्रशासनले हाइटी, भेनेजुएला, निकारागुआ र क्युबाबाट प्रति महिना ३० हजार आप्रवासीहरूलाई स्वीकार गर्न मानवीय प्यारोल कार्यक्रम विस्तार गरेको थियो । कार्यक्रमले उनीहरुलाई विनाभिसा सीमा पार गर्नुको सट्टा अमेरिका प्रवेश गर्न कानुनी मार्ग प्रदान गर्दछ। प्रशासनले ती देशका नागरिकहरुलाई पनि टाइरटल को लागि योग्य बनाएको छ, जसको अर्थ अब उनीहरूले कार्यक्रमको लागि आवेदन नगरेमा उनीहरूलाई अधिकारीहरूले फिर्ता गर्नसक्छन् ।

अधिकारीहरूले यस महिना दैनिक मुठभेडहरूमा कमी आउनुको कारणको रूपमा प्यारोल कार्यक्रम र टाइटल ४२ को विस्तारलाई उद्धृत गरेका छन्।

टाइटल ४२ के हो ?

अमेरिकाले कोरोना महामारीकालिन टाइटल ४२ प्रतिबन्धहरू विस्तार गर्दा अमेरिका मेक्सिको सीमा पार गर्न खोज्ने निकारागुआ, क्युबा र हाइटीका आप्रवासीहरूलाई मेक्सिकोमा फिर्ता पठाउनुका साथै थप देशका नागरिकहरुलाई पनि अमेरिकामा शरण खोज्नबाट रोक्नेछ । उही समयमा ह्वाइट हाउसले ती राष्ट्रहरूका आप्रवासीहरूलाई अमेरिका प्रवेश गर्न आवेदन दिन थप कानुनी मार्गहरू खोल्ने बताएको छ।

मार्च २०२० मा कोरोना महामारीको सुरुमा अमेरिकी स्वास्थ्य अधिकारीहरूले सीमा एजेन्टहरूलाई अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीहरूलाई मेक्सिको वा अन्य देशहरूमा द्रुत रूपमा फिर्ता पठाउन अनुमति दिन टाइटल ४२ जारी गरेका थिए । उक्त आदेश रिपब्लिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तर्गत लागू गरिएको थियो, जसको प्रशासनले दुबै आप्रवासनलाई ठूलो मात्रामा कटौती गर्न खोजेको थियो। युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले भिडभाड हुने अध्यागमन हिराशतहरुमा कोभिड १९ को फैलावट रोक्नको लागि उक्त आदेश आवश्यक भएको बताएको थियो ।

केही जनस्वास्थ्य विज्ञहरू, डेमोक्र्याट र अधिवक्ताहरूले यो आदेशको आलोचना गरेका छन् भने आदेशको बिरूद्ध आवाज उठाएका छन् । यो आदेशले गैरकानूनी रूपमा आप्रवासीहरूलाई शरण दाबी गर्नबाट रोकेको र उनीहरूलाई मेक्सिकोमा अपहरण र आक्रमण जस्ता खतराहरू भोग्न बाध्य पारेको अधिकारकर्मीहरुको भनाई छ । आप्रवासी र आप्रवासी अधिवक्ता संगठनहरूले आदेश हटाउन खोज्दै मुद्दा दायर गरेका थिए । जबकि रिपब्लिकन राज्यहरूले यसलाई कायम राख्न मुद्दा हालेका छन् । मुद्दा चलिरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जनवरी २०२१ मा पदभार ग्रहण गर्दा ट्रम्पको प्रतिबन्धात्मक शरण नीतिहरू उल्टाउने वाचामा अभियान चलाएका थिए । जब बाइडेनले ट्रम्पका केही प्रतिबन्धहरू अन्त्य गर्न कदम चालेका थिए, उनले टाइटल ४२ लाई भने एक वर्ष भन्दा बढीको लागि छाडेका थिए । उनले साथमा अभिभावक नभएका बच्चाहरूलाई छुट दिए तर अमेरिकी अधिकारीहरूलाई परिवारसहित लाखौं आप्रवासीहरूलाई मेक्सिकोमा फिर्ता पठाउन अनुमति दिए।

बाइडेनले पदभार ग्रहण गरेदेखि, उनको प्रशासनको लागि परिचालन र राजनीतिक चुनौतीहरूको कारणले गर्दा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीहरूको संख्यामा रेकर्ड कायम भएको छ । धेरैले टाइटल ४२ अन्तर्गत नजिकैको मेक्सिको सीमानाका शहरहरूमा निष्कासन गरिसकेपछि पनि बारम्बार सिमा पार गरेका छन्।

मेक्सिकोले सुरुमा केही देशका नागरिकहरुकोमात्र फिर्ती स्वीकार गरेको थियो, जसमा आफ्नै नागरिकहरू र ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरका आप्रवासीहरू समावेश थिए। अक्टोबरमा निष्कासनहरू भेनेजुएलाहरूका नागरिकहरुमा पनि विस्तार गरियो। अन्य देशका नागरिकहरुलाई भने सामान्यतया अमेरिकामा उनीहरूको अध्यागमन मुद्दाहरु अगाडि बढाउन अनुमति दिइएको छ । जसका कारण केही सीमानाका अमेरिकी शहरहरूमा तनाव सिर्जना गर्दै भएको छ ।

टाइटल ४२ नेपालीका सन्दर्भमा भने विस्तार गरिएको छैन । अर्थात् मेक्सिको सिमाक्षेत्रमा आएका नेपालीहरुलाई सामान्यतया अमेरिकामा अध्यागमन प्रकृया अगाडि बढाउनका लागि अनुमति दिइएको छ ।

सीडीसीले अप्रिल २०२२ मा टाइटल ४२ लाई समाप्त गर्ने घोषणा गरेको थियो । भ्याक्सिन र अन्य चिकित्सा प्रगतिहरूको कारण कोरोनाको फैलावटलाई सीमित गर्न टाटइल ४२ अब आवश्यक नभएको निष्कर्ष निकालेको थियो ।

तर लुजियानाका एक संघीय न्यायाधीशले रिपब्लिकन नेतृत्वका दुई दर्जन अमेरिकी राज्यहरूको समूहले ल्याएको कानुनी चुनौती पछि टाइटल ४२ को अन्त्य हुन दिएनन् । बढ्दो बसाइँसरले उनीहरूको राज्यको लागत बढाउने भन्दै ती राज्यहरुले टाइटल ४२ को अन्त्यविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

अमेरिकी सिभिल लिबर्टीज युनियन र आप्रवासी परिवारहरूको तर्फबाट अन्य समूहहरूद्वारा ल्याइएको एउटा छुट्टै मुद्दामा वाशिंगटन डीसीको अदालतका न्यायाधीशले नोभेम्बर १५ मा टाइटल ४२ लाई खारेज गरे।

woman in gold dress holding sword figurine

न्यायाधीश एमेट सुलिवानले टाइटल ४२ ले संघीय नियामक कानूनको उल्लङ्घन गरेको फैसला गर्दै अधिकारीहरूलाई तयारी गर्न समय दिनको लागि डिसेम्बर २१ सम्म आफ्नो निर्णयको प्रभावकारी मितिमा ढिलाइ गरे।

उक्त निर्णय पछि रिपब्लिकन राज्यहरूको गठबन्धनले अमेरिकी सर्वोच्च अदालतमा मुद्दा हाल्दै टाइटल ४२ लाई कायम राख्न माग गरे ।
लुजियानामा मामिलामा भएका जस्तै तर्कहरूमा राज्यहरूले टाइटल ४२ को अन्त्यले सीमामा ठूलो प्रकोप निम्त्याउने बताए । अन्तत रूढिवादी न्यायाधिसको बाहुल्य रहेको सर्वोच्च अदालतले डिसेम्बरमा टाइटल ४२ को नीति कायमै रहनुपर्ने निर्णय गरिदियो ।

सर्वोच्च अदालतको निर्णय पछि बाइडेन प्रशासनले क्युबा, निकारागुआ र हैटीका नागरिकलाई समेत टाइटल ४२ अन्तर्गत मेक्सिकोमा फिर्ता पठाउन सुरु गर्ने बताएको छ । ती। आप्रवासीहरू पहिले अमेरिकामा उनीहरूको अध्यागमन मुद्दाहरू चलाउन अनुमति दिइएको थियो।

यो कदम अक्टोबरमा सुरु गरिएको नीतिमा आधारित छ जसले भेनेजुएलाका नागरिकहरूलाई निष्कासन गर्न थालेको थियो । तर मानवीय परोल कार्यक्रम अन्तर्गत अमेरिकी प्रायोजक रहेको देखाउन सक्ने हजारौं आप्रवासीहरूलाई विदेशबाट आवेदन दिएमा हवाई मार्गबाटै प्रवेश गर्न अनुमति दिइयो ।

बाइडेनको योजनाले त्यो कार्यक्रमलाई थप देशहरुका लागि खोल्नेछ र चार देशहरूबाट प्रति महिना ३० हजारसम्म आप्रवासीहरूलाई स्वीकार गर्नेछ। अमेरिकी प्रायोजक भएका र निश्चित आवश्यकताहरू पूरा गर्नेहरूले हवाई मार्गबाट ​​कानुनी रूपमा अमेरिका प्रवेश गर्न आवेदन दिन सक्छन्।

भेनेजुएला, निकारागुवा, क्युवा र हैटीका नागरिकलाई मानवीय प्रवेश रूसको आक्रमण पछि युक्रेनका नागरिकका लागि सिर्जना गरिएको जस्तैगरी सञ्चालन हुनेछ । गतबर्ष रुसको आक्रमणपछि अमेरिकी स्पोन्सर भएका युक्रेनीहरूलाई देश बाहिरबाट आवेदन दिएर अस्थायी रूपमा अमेरिकामा प्रवेश गर्न अनुमति दिन्छ।

अमेरिका र क्युबा, निकारागुआ, भेनेजुएलाका सरकारहरू बीचको तनावपूर्ण कूटनीतिक सम्बन्धले ती देशहरूमा निर्वासनलाई जटिल बनाएको छ।

टाइटल ८ को रूपमा चिनिने कानून अन्तर्गत देश निकाला एक अधिक औपचारिक प्रक्रिया हो जसले अमेरिका पुन प्रवेशमा लामो प्रतिबन्धहरु निम्त्याउन सक्छ। जबकी टाइटल ४२ अन्तरगतको निष्कासनका लागि केही घण्टामात्र लाग्न सक्छ भने देशनिकालाको पनि रेकर्ड नरहन सक्छ ।

हैटीले टाइटल ४२ अन्तर्गत निष्कासन गरिएका आप्रवासीहरूलाई स्वीकार गरेको छ, तर अमेरिकी सांसदहरू र अधिवक्ताहरूले राजनीतिक हिंसा र अस्थिरताले घेरिएको देशमा मानिसहरूलाई फिर्ता गरेकोमा बाइडेन प्रशासनको आलोचना गरेका छन्।

सरकारी एपबाट अप्वाइन्टमेन्ट तय गरेर आप्रवासीहरु विना भिसा अमेरिका आउन सुरु

मेक्सिकोको उत्तरी सिमानामा रहेका आप्रवासीहरूले बुधवार शरणका लागि आवेदन दिने प्रक्रियालाई सहज बनाउन डिजाइन गरिएको मोबाइल एप प्रयोग गरेर अमेरिकामा प्रवेश गर्न थालेका छन् । यद्यपि धेरैले द्रुत रूपमा प्रणाली प्रयोग गर्न कठिनाइहरू भएको बताएका छन् ।

यस महिना बाइडेन प्रशासनले शरण खोज्न चाहनेहरुलाई शरण अनुरोध गर्नु अगाडि अमेरिकी अपोइन्टमेन्टको लागि पूर्व स्क्रिनिङ चरणको रूपमा आफ्नो व्यक्तिगत जानकारी प्रविष्ट गर्न अनुमति दिन सीबीपी वान नामको एपको प्रयोगलाई व्यापक बनाउने बताएको थियो । सोही एपको प्रयोग गरेर अप्वाइन्टमेन्ट तय गरेर आप्रवासीहरु अमेरिका आउन थालेका छन् ।

आफू साँच्चै उत्साहित भएको र आफ्नो परिवारलाई भेट्न पर्खन नसक्ने भेनेजुएलाका आप्रवासी अलेजान्ड्राले भने । उनी टेक्सासको एलपासोबाट अमेरिका प्रवेश गरेका थिए भने फ्लोरिडा जादै थिए । अमेरिका प्रवेश गर्न महिनौंदेखि मेक्सिकोको सीमामा पर्खिरहेका अर्का भेनेजुएला जियोभनी कास्टेलानोसले पनि छिटो अप्वाइन्टमेन्ट पाएको बताए । उनले आप्रवासीहरूलाई सिमा पार गर्ने जोखिमबाट जोगिन र यसको सट्टामा एपको प्रयोग गर्न सुझाव दिए ।

गत हप्ता पूर्व स्क्रिनिङको लागि सक्रिय भएदेखि एपमा अप्वाइन्टमेन्टको माग उच्च भएको छ । यसले आवेदकहरूलाई अपोइन्टमेन्ट स्लटहरुसकिएको बताइरहेको छ । अपोइन्टमेन्ट प्राप्त गर्न आप्रवासीहरूले पहिले एपद्वारा निर्धारित मेक्सिकोको सीमा प्रवेश बिन्दुमा जानुपर्छ। केही आप्रवासीहरूले एपमा उनीहरू हाल रहेको ठाउँबाट टाढा मात्र अपोइन्टमेन्टहरू उपलब्ध रहेको बताएका छन् ।

भेनेजुएलाका आप्रवासी जोसे हुएर्टाले एपले सान डिएगोको विपरित पश्चिममा करिब १२०० किलोमिटर टाढा रहेको टिवाना शहरबाट अपोइन्टमेन्ट पाउनसक्ने देखाएको बताए । आफूसँग पैसा नभएको र आफू त्यहाँ हिडेर जानुपर्ने उनले बताए ।

सीमावर्ती सहरहरू बीचको यात्राले धेरै मानिसहरूलाई खतरामा पार्न सक्छ । टिवानाका आप्रवासन मामिलाका निर्देशक एनरिक लुसेरोले सरकारले प्रति दिन अपोइन्टमेन्टको संख्या बढाउनुपर्ने बताए ।

के हो सीबीपी वान ?

गत साता अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रोकिएकाहरुका लागि अनलाइन अप्वाइन्टमेन्ट लिन मिल्ने मोबाइल एप सीबीपी वान सुरु गरिएको घोषणा गरेको थियो । राष्ट्रपति बाइडेनले घोषणा गरेका थप सीमा प्रवर्तन उपायहरूको एक भागको रूपमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कानुनी अध्यागमनका लागि मार्गहरू विस्तार गर्न, अवैध आप्रवासनलाई सीमित गर्न र सुरक्षा बढाउन नयाँ योजनाहरु अगाडि सारिरहेको छ ।

जनवरी १२ देखि लागू हुने गरी अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रहेका भिसा नभएका आप्रवासीहरुले अग्रिम जानकारी पेश गर्न र प्रवेशका निश्चित दक्षिणपश्चिम पोर्ट अफ इन्ट्रीमा प्रस्तुत गर्न अपोइन्टमेन्ट तय गर्न यो एप प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो । तत्कालका लागि स्वास्थ्य सम्बन्धि मापदण्ड टाइटल ४२ का कारण मानवीय अपवादको लागि विचार गर्न सकिने आप्रवासीहरुले मात्र यो एप प्रयोग गर्न सक्छन्।

टाइटल ४२ आदेश अन्तर्गत सीबीपीलाई मानवीय हितका आधारमा परिस्थितिहरूको समग्रताको मूल्यांकन गर्दै हरेक केसका आधारमा निर्णय लिने अधिकार दिइएको छ। यो एपको प्रयोग गर्ने आप्रवासीहरुले निश्चित पहिचान जोखिम मापदण्डहरू पूरा गर्छन् र पोर्ट अफ इन्ट्रीमा प्रस्तुतीकरणमा यो दाबी प्रमाणित गर्न तयार हुन्छन् भन्ने कुरा स्वीकार गर्नुपर्छ ।

एप्लिकेसनले बिना अनुमति अमेरिकी सीमानाहरू पार गर्ने प्रयासको विपरीत आप्रवासीहरुलाई पोर्ट अफ इन्ट्रीमा प्रस्तुत गर्नको लागि सुरक्षित र व्यवस्थित तरिका प्रदान गर्दछ । एप्लीकेशन मार्फत निर्धारित अपोइन्टमेन्ट टाइटल ४२ अर्डरबाट अपवादको ग्यारेन्टी भने नभएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

सीबीपी वानको प्रयोगले प्रतीक्षा समय घटाउने र सुरक्षित, व्यवस्थित र सुव्यवस्थित प्रशोधन सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यो कुनै पनि राष्ट्रियताका आप्रवासीहरुका लागि खुला रहेको जनाइएको छ । तर उनीहरु मध्य वा उत्तरी मेक्सिकोमा अवस्थित हुनुपर्छ । यो एप्लीकेशन प्रयोग गर्न कुनै शुल्क तिर्नुपर्दैन ।

टाइटल ४२ को अपवादमा पर्नेहरुले १४ दिन अगाडि ८ वटा पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सक्नेछन् । एरिजोनाको नोगेल्स, टेक्सासको ब्राउन्सभिल, इगलपास, हिडाल्गो, लरेडो, एलपासो र क्यालिफोर्नियाको क्यालेक्सिको र सान यसिड्रो पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

टाइटल ४२ अर्डर हटेपछि विना भिसा अमेरिका आउने सबै आप्रवासीहरुले निरीक्षणको लागि आफूलाई प्रस्तुत गर्न र पर्खनको लागि सीधै पोर्ट अफ इन्ट्रीमा आउनुको सट्टा अपोइन्टमेन्टको समय निर्धारण गर्न यो एपको प्रयोग गर्न सक्षम हुनेछन्। यो नयाँ सुविधाले पोर्ट अफ इन्ट्रीमा प्रतीक्षा समय र भीडलाई उल्लेखनीय रूपमा कम तथा सुरक्षित, व्यवस्थित र मानवीय प्रशोधनका लागि अनुमति दिने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com