न्युयोर्क सिटीका व्यवसायलाई साढे २ लाख डलरसम्मको फण्ड उपलब्ध, कसरी दिने आवेदन?


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

न्युयोर्क सिटीका मेयर एरिक एडम्स र न्युयोर्क सिटी साना व्यवसाय सेवा विभाग एसबीसका कमिश्नर केभिन डी किमले ७५ मिलियन डलरको साना व्यवसाय अवसर कोषको घोषणा गरेका छन् । यो न्युयोर्क सिटीको इतिहासमा नै साना व्यवसायहरूका लागि उपलरुब्ध सबैभन्दा ठूलो सार्वजनिक निजी ऋण कोष हो ।

लगभग १५ सय स्थानीय व्यवसायहरूलाई कोष प्रदान गरिने जनाइएको छ । यो रकम ४ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ भने एउटा व्यवसायले २ लाख ५० हजारसम्म प्राप्त गर्न सक्नेछन् । ऋणका लागि लचिलो मापदण्डहरु रहेका छन्, जसमा न्यूनतम क्रेडिट स्कोर तोकिएको छैन भने आवेदन शुल्क पनि लाग्दैन । स्टार्ट अप र विकासको चरण मा रहेका व्यवसायहरु र कोरोनापछिको मन्दीबाट पुनर्निर्माण गरिरहेका व्यवसायहरूले यो रकम पाउनेछन् ।

यो कोष न्युयोर्क सिटी र गोल्डम्यान स्याक्स, समावेशी विकासको लागि मास्टरकार्ड केन्द्र, सामुदायिक पुनर्निवेश कोष र स्थानीय सामुदायिक विकास वित्तीय संस्थाहरूबीचको साझेदारीबाट सम्भव भएको जनाइएको छ । मेयरको एरिकको न्युयोर्क सिटीको आर्थिक रिकभरीको लागि खाका अनुशार प्रतिबद्धता पूरा गर्न यो योजना ल्याइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सस्तो ब्याजको फण्ड प्राप्त गर्नका लागि न्युयोर्क सिटीभित्र संचालित ५ मिलियन डलरभन्दा कम बार्षिक आय भएका नाफामुलक व्यवसाय हुनुपर्छ । १ लाखभन्दा कम फण्ड रकम भएमा ६० महिनामा परिपक्व हुनेछ भने त्योभन्दा माथिको रकम ७२ महिनामा परिपक्व हुनेछ । २ हजार डलरदेखि नै कोष उपलब्ध हुनेछ । ५ हजार डलर ऋण लिनेको मासिक भुक्तानी ९२ डलर हुनेछ भने १ लाख ५० हजार लिनेको मासिक भुक्तानी २३४६ डलर हुनेछ ।

तपाईंले उपलब्ध गराउनु पर्ने कागजातहरूको प्रकार ऋणदाताद्वारा भिन्न हुन सक्छ, यद्यपि तपाईंले आवेदन गर्न आवश्यक पर्ने केही सामान्य कागजातहरूमा व्यवसायको कानूनी दर्ताको प्रमाण, स्वामित्व जानकारी, व्यवसायले ऋण तिर्न सक्छ भनी देखाउने आन्तरिक बित्तियकागजात, ट्याक्स रिटर्न, बैंक स्टेटमेन्ट हुन् ।

स्टार्टअपका लागि बाहिरी आय वा ग्यारेन्टरहरूको प्रमाण, ऋण लगानी वा उपलब्धताको १० प्रतिशत को दस्तावेज प्रमाण, २ वर्षको व्यवस्थापकीय अनुभव, एउटै व्यवसायमा ५ बर्ष काम गरेको र पहिले पनि त्यस्तै व्यवसाय संचालन गरेको बायोडाटा, बित्तिय अनुमान लगायतका विवरणहरु आवश्यक पर्नसक्छ ।

कम र मध्यम आय समुदायहरूमा अवस्थित व्यवसायहरू, महिलाको स्वामित्वमा रहेका व्यवसायहरू, विभिन्न रंगका व्यक्तिको स्वामित्वमा रहेका व्यवसायहरू, आप्रवासीबाट संचालित व्यवसायहरु, दुई वर्षभन्दा कम अवधिका प्रारम्भिक चरणका व्यवसायहरू, नयाँ स्टार्ट अपहरू, कोरोना महामारीपछि पुनर्निर्माण भइरहेका व्यवसायहरु रकमका लागि योग्य हुने जनाइएको छ ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com