विमान दुर्घटनाबाट निकालिएका शव गण्डकी अस्पतालमा


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

??????? ???? ??? ?????? ?????? ???? ??? ??????????? ????? ?????????? ??????????? ?????? ??? ??????????? ????????? ??????? ???????? ????????? ????? ????? ????? ???? ????? ??? ????????? ? ??????? ????? ?????/????

पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com