दुर्घटनामा परेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना थिए


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाज सेतीको खोँचमा खसेको र उद्धारको काम जारी रहेको उनले जानकारी दिएका छन् ।पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो । थप विवरण प्राप्त हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com