६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो।

पोखरामा दुर्घटना भएको यति एयरलायन्सको क्षतिग्रस्त जहाजका भागहरू । तस्बिरः राधिका कंडेल/रासस

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com