बालविवाह समाजको जटिल समस्या


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् ।

बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्।

बालविवाहको कारण महिलाहरूमा स्वास्थ्य समस्या हुने गरेकोले बालबालिकासँग आमाबाबुले किशोर अवस्थामा हुने परिवर्तन र अपनाउनु पर्ने साबधानीको विषयमा जानकारी दिन सके बालविवाह न्युनिकरण हुने बताए ।

बालिकाको पाठेघर ६० ग्रामको मात्र हुने र गर्भवती भएपछि ९ देखि १२ किलोसम्म हुने भएपछि पाठे घरमा गाठो हुने, घाउँ हुने पाठेघर खस्ने समस्या हुने भएकोले कसैले पनि उमेर नपुगी बिवाह गर्न नहुने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले पौष्टिक पिठो गर्भवती र सुत्केरीको लागि संजिवनी बुटी भएकोले यसको महत्त्व बुझेर अनिवार्य प्रयोग गर्न आग्रह गरे । यसले बालबालिकालाई कुपोषित मात्र हुन दिँदैन विभिन्न रोगबाट बचाउने जानकारी समेत दिए ।

उनले गर्भवती महिलाले कम्तिमा पनि ४ पटक स्वास्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गराई राज्यले उपलब्ध गराएको सुविधा लिनुपर्ने बताए । आंग खसेको समस्याको माघ १५ देखि नि:शुल्क उपचार हुने जानकारी समेत दिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले २० वर्ष पुगेपछि मात्र विवाह गर्नु पर्ने बताए । उनले भने,´बीस वर्ष मुनी विवाह गर्न नहुने बताए । बीस वर्ष नपुगि बिवाह गर्नेलाई कानुनी कारबाही हुने विषयमा जानकारी गराइएको थियो । कार्यक्रममामा ३० जना सुत्केरी र गर्भवती महिला पौष्टिक पिठो वितरण गरिएको थियो ।
कार्यक्रम परिकल्पना नेपालको अध्यक्ष सुधा देवकको अध्यक्षतामा सम्पन्न भएको थियोे । पौष्टिक पीठो वितरणपछि परिकल्पना नेपाल संस्थाको नेतृत्व र्‍याली निकालिएको थियो ।

र्‍यालिमा सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय बालबालिका,किशोरी,महिला  सहित करिव एक सय जनाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले बालविवाह गर्नेलाई कानुनी सजाय दिनुपर्छ, छोरा सरह छोरीलाई शिक्षा दिनुपर्छ, बालविवाह गर्नेलाई ३ वर्ष सजाय र ३० हजार जरिवाना हुन्छलगायत नारा लगाई वडाको परिक्रमा गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com