अनुदानमा भैँसी पाएसँगै फेरियो किसानको दैनिकी


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो ।

गाउँपालिकाले भैँसी वितरण गरेपछि अहिले किसानले उत्पादित दूधलाई बजारमा पठाउन थालेका छन् । गाउँपालिकाले यहाँको प्रगतिशील सहकारीमार्फत गत असारमा रु १६ लाख लागतमा नौ ओटा लैनो भैँसी एउटा राँगो, चार ओटा च्याप कटर र पीठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५ सानोदुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन ओटा भैँसी, एउटा राँगो र च्याप कटर तथा उन्नत जातको घाँसको बीउसमेत वितरण गरेको छ । गाउँपालिकालाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पशुपालन किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

“पशुपालक किसानलाई प्रोत्साहन गर्दै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैँसी वितरण गरेका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् । यो कार्यक्रमलाई आगामी दिनमा पनि थप विस्तार गर्दै लैजान्छौँ । दूधको उत्पादनका आधारमा बजारीकरणमा पनि सहजीकरण गर्ने योजना छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताउनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि कृषक उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैँसीपालक कृषक नवीन खड्काले बताउनुभयो ।

“अहिले आर्थिक रुपमा टेवा पुगेको छ”, कृषक खड्काले भन्नुभयो, “दैनिकी घर खर्च चलाउन सकेका छौँ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैँले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका हौँ । त्यस्ता कृषकको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।”

लैनो भैँसी पाएकाले आफ्नो जीविका मार्फतमा प्रत्यक्ष लाभ पुगेको अर्का कृषक सुवास अधिकारीले बताउनुभयो । तराईबाट ल्याएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहज रुपमा नै घुलमिल भएको अधिकारीको भनाइ छ । भैँसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालेकोसमेत उहाँले बताउनुभयो । “गाउँपालिकाले हामी जस्ता कृषकको उदार गरेको छ”, कृषक अधिकारीले भन्नुभयो, “कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमले हामीलाई प्रत्यक्ष रुपमा लाभ पुगेको छ । अहिले हाम्रो दैनिकी फेरिएको छ । उत्पादित दूध बजारमा बिक्री गरिरहेका छौँ ।”

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्ज्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको अधिकारीले बताउनुभयो । आफ्नो ठाउँका किसानहरुबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उहाँको भनाइ छ । कृषक अधिकारीले भन्नुभयो, “हामीले यहाँको स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर रु ५५ पाउँछौँ । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँको खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।” गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीहरु ९एभोकाडो, किवी, चिउरी० खेतीमा प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाको भनाइ छ ।

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमा समेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर कृषकलाई बहुवर्षीय बाली लगाउनमा केन्द्रित गरिरहेका छौँ । यस्ता बालीले उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्छन् ।”

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी दिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । “हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छाँै”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकून् भन्ने हाम्रो लक्ष्य हो ।”

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडा नं ४ बास्तिम, ५ सानोदुम्मा र ६ ठूलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रका रुपमा छुट्याएको छ । तातो भूगोल तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालनमा लागेका कृषकलाई पनि आवश्यकताका आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com