अध्यागमन तथा सीमा सेवा (SEF) ले पोर्चुगलको लिस्बन विमानस्थलबाट १० विदेशी नागरिकलाई नक्कली वा नक्कली कागजातसहित पक्राउ गरेको छ । उनीहरूलाइ जालसाजी तथा कागजातहरू प्रयोग गरी पोर्चुगल छिर्ने अवस्थामा पक्राउ गरिएको सेफले जनाएको छ ।
उनीहरू अधिकांश अल्बानिया र जर्जियाका नागरिकहरू थिए । उनीहरूले युनाइटेड किंगडम, आयरल्याण्ड वा मेक्सिको जस्ता तेस्रो देशहरूमा जानको लागि पोर्चुगललाइ ट्रान्जिट प्लेटफर्मको रूपमा प्रयोग गरिरहेका थिए।
उनीहरू लाई झूटा कागजात पेश गरेका कारण पहिलो न्यायिक सोधपुछ पछि न्यायिक प्राधिकरणबाट मुक्त गारिए पनि पुन: हिरासतमा राखिएको छ।
अध्यागमन तथा सीमा सेवा (SEF) ले पोर्चुगलको सीमा सुरक्षामा थप कडाई गरेकोे छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।