मनाइयो गठे मंगल,


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले गठेमंगल पर्व मनाएका छन् ।श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।

दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफासुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिएको छ । त्यसअघि, टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराइन्छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नर्कटको गठेमंगल बनाउने परम्परा रहिआएको छ । धान रोपी सिद्धिएपछि घरभित्रका दूषित किटाणु उपिया“, उडुस भगाउन यसदिन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट किटाणु भागेर जाने जनविश्वास छ ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवान्को नाम सुन्न नपरोस्’ भनी कानमा घन्ट झुन्ड्याएको र उसको आतंकले धेरैलाई अपठ्यारो परेकाले उसको दहन गरिएको कथन छ ।

ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ ।


उनीहरूले भूतलाई शक्तिको संज्ञा दिएका हुन्छन् । कुनै कामका लागि भूतजत्तिकै शक्ति चाहिने भएकाले बोलाउने र काम सिद्धिएपछि फिर्ता गर्ने गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com