न्युयोर्कमा ड्राइभर लाइसेन्स लिनका लागि महत्वपूर्ण परिवर्तन, कसरी प्रभावित हुन्छन् चालकहरु?


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

न्युयोर्क राज्यले ड्राइभर लाइसेन्स लिनका लागि अर्को महत्वपूर्ण परिवर्तन गरेको छ जसले ड्राइभर लाइसेन्स लिन चाहने चालकहरु प्रभावित हुनेछन् ।

न्युयोर्क राज्यका सांसदहरूले नयाँ नियम पारित गरेपछि अब नयाँ लाइसेन्स लिनेहरुले उक्त नियमको पालना गर्नुपर्नेछ । नयाँ नियम अनुशार नयाँ चालकहरूले लाइसेन्स लिनका लागि पूर्व प्रक्रियाको एक भागको रूपमा पैदल यात्रु र साइकल चालकहरूको सुरक्षा जागरूकता बारे जान्न आवश्यक छ।

गभर्नर क्याथी होकुलले उक्त नयाँ कानूनमा हस्ताक्षर गरेकी हुन् । जसले न्युयोर्कमा ड्राइभर लाइसेन्स प्राप्त गर्न प्रयास गर्ने सबैका लागि अर्को आवश्यकता थप्छ।

गभर्नरको हैसियतमा आफ्नो उच्च प्राथमिकता न्युयोर्कबासीहरूलाई सुरक्षित राख्नु रहेको तथा पैदलयात्री र बाइक सुरक्षा शिक्षालाई चालकहरूका लागि अनिवार्य बनाउनु सामान्य ज्ञान भएको गभर्नर होकुलले बताइन् । यस कानुनले दुर्घटनाहरू रोक्न र जीवन बचाउन मद्दत गर्ने विश्वास गर्दै होकुलले सडकहरू सुरक्षित बनाउनको लागि यो कानुन पारित गरेकोमा संसदलाई धन्यवाद दिएकी छिन् ।

man riding bicycle near vehicles

नयाँ कानुनले न्यूयोर्क राज्यमा लाइसेन्सको पाठ्यक्रम थप्छ । पाठ्यक्रममा साइकल चालक र पैदल यात्रीहरू सम्बन्धी ट्राफिक कानूनहरूको एक सिंहावलोकन समावेश हुनेछ । नयाँ पाठ्यक्रमले नयाँ चालकहरूले साइकल यात्रीहरू र पैदल यात्रुहरूलाई देख्दा थप ख्याल राख्ने सुनिश्चित गर्नेछ।

नयाँ ड्राइभरहरूले ड्राइभर इजाजतपत्र प्राप्त गर्नु अघि पैदल यात्रु र साइकल सुरक्षाको बारेमा जान्न आवश्यक पर्ने यो नयाँ कानूनले निश्चित रूपमा अभिभावकहरुलाई शान्ति मिल्ने लेफ्टिनेन्ट गभर्नर एन्टोनियो डेलगाडोले बताए । यो नयाँ कानूनले पैदल यात्रु र साइकल चालकहरूको लागि सुरक्षा सुधार गर्न र चोटपटक र मृत्यु कम गर्न मद्दत गर्ने उनको भनाई छ ।

न्युयोर्कको नयाँ लाइसेन्स

न्यूयोर्क राज्यको डीएमभी ह्यान्डबुकमा पनि पैदल यात्री र साइकल चालक सुरक्षा थपिएको छ।

गत मार्चमा न्यूयोर्क राज्यको डीएमभीले लगभग एक दशकमा पहिलो पटक ड्राइभर लाइसेन्स रिडिजाइन समेत गरेको छ । मार्च पछि नयाँ लाइसेनस वा आईडी कार्डको लागि आवेदन गर्ने न्युयोर्क राज्यका बासिन्दाहरूले नयाँ र सुधारिएको कार्ड प्राप्त गरिरहेका छन् ।

त्योभन्दा अगाडि कार्डमा सन् २०१३ मा परिवर्तन गरिएको थियो । कार्डहरू जालसाजी र थप कुराहरू रोक्नका लागि डिजाइन गरिएको अधिकारीहरूले बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com