१७ डीआईजीको काज सरुवा, को कहाँ पुगे ?


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्काे आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो ।

कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालय, पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालय, भीमप्रसाद ढकाल कर्णाली प्रदेश कार्यालय, दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरिँदा मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ ।

अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, बुद्धिराज गुरुङ गण्डकी प्रदेश प्रमुख कार्यालय, श्यामलाल ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय विराटनगर, किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुदीप गिरी विशेष ब्युरोमा सरुवा गरिएको छ  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com