को होला राष्ट्रसंघको नयाँ महासचिव ?


प्रकाशित मिति : भाद्र १६, २०७३ बिहीबार

महिला महासचिव हुने सम्भावना न्यून, विभेदकारी नजरले हेरिएको आरोप

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको १० बर्षे कार्यकाल सकिनै लाग्दा राष्ट्रसंघका नयाँ महासचिव को बन्ला भन्ने चर्चा चुलिएको छ । आगामी डिसेम्बरको अन्त्यदेखि बान कि मुनको कार्यकाल सकिदै छ भने जनवरी १ देखि राष्ट्रसंघमा नयाँ महासचिवले पदवहाल गर्नेछन् ।

अहिलेसम्म राष्ट्रसंघको महासचिव पदको लागि ११ जनाको उम्मेदवारी कायम छ । तेश्रो अनौपचारिक मतदानका क्रममा सबैभन्दा अगाडि पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर देखिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का १५ सदस्यहरुले गरेको अनौपचारिक मतदानका क्रममा गुटेर सबैभन्दा अगाडि देखिएका छन् ।

गुटेरले आफ्नो पक्षमा ११ मत पाएका छन् भने ३ मत विपक्षमा पाएका छन् । एउटा भने तटस्थ मत परेका छ । गत महिना भएको अनौपचारिक मतदानमा भने उनको विपक्षमा कुनै पनि मत परेको थिएन । गत महिनाको अनौपचारिक मतदानमा उनको पक्षमा १२ मत परेको थियो भने ३ मत तटस्थ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्लोभाकियाका विदेशमन्त्री मिरोस्लोभ लाज्काक दोश्रो नम्बरमा छन् । उनी अघिल्लो अनौपचारिक पोलमा सातौं नम्बरमा थिए तर पछिल्लो पोलमा उनले ९ मत प्राप्त गरेका छन् । उनको विपक्षमा ५ र तटस्थ मत १ रहेको छ । त्यस्तै तेश्रो नम्बरमा बुल्गेरियाकी इरिना बुकोभा र सर्भियाकी वुक जेरेमिक छन् । उनीहरुका पक्षमा सातसातमत , विपक्षमा पाँचपाँच र तटस्थमा तीनतीन मत परेको छ । इरिना बुकोभा अहिलेसम्म महिला उम्मेदवारहरुमा सबैभन्दा अगाडि छिन् ।

महिला उम्मेदवार अर्जेन्टिनाकी विदेशमन्त्री सुसाना माल्कोराले पक्षमा सात मत पाएकी छन् । तर उनको विपक्षमा ७ मत परेको छ भने १ मत विपक्षमा छ । त्यस्तै अन्य महिला उम्मेदवारहरुमा भने पूर्ब म्याकेडोनियन विदेशमन्त्री सर्गजन केरिम नम्बरमा र न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क ६ – ६ मत पाएका छन् । सुरक्षा परिषद्मा अमेरिकाकी समान्था पावरमात्र एउटी महिला रहेको र महिलामाथि भेदभावको नजरले हेरिएकाले राष्ट्रसंघको आगामी महासचिवमा महिला आउने सम्भावना टरेको अर्जेटिनाकी विदेशमन्त्री सुसाना माल्कोराले बताएकी छिन् ।

अर्का उम्मेदवारमा स्लोभानियाका कुटनीतिज्ञ डानिलो टर्कले पक्षमा पाँच मत पाएका छन् भने अन्य दुईमहिला उम्मेदवारहरु नाटालिया घेरम्यान र क्रिस्टियाना फिगरले पक्षमा दुईदुई मत प्राप्त गरेका छन् । अन्य दुईजना उम्मेदवारहरुले भने उम्मेदवारी फिर्ता लिइसकेका छन् । अर्को अनौपचारिक मतदान यसैमहिना ९ सेप्टेम्बरमा हुने जनाइएको छ ।

महासचिव पदका उम्मेदवारहरु 

800px-Christiana_Figueres_2011
क्रिस्टियाना फिगर
António_Guterres_2012
एन्टोनियो गुटेर
डानिलो टर्क
Helen_Clark_UNDP_2010
हेलेन क्लार्क
Irina_Bokova_UNESCO
इरिना बुकोभा
Miroslav_Lajcak_2014_(11981540724)-1
मिरोस्लोभ लाज्काक
नाटालिया घेरम्यान
Srgjan_Kerim
सर्गजन केरिम
Susana_Malcorra_(cropped)-1
सुसाना माल्कोरा
Vuk-Jeremic-cirsd-2014
वुक जेरेमिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com