दक्ष जनशक्ति नहुँदा भोजपुर अस्पतालमा आइसीयू सेवा सुरु भएन


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

यहाँका अस्पतालमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा ठूलो रोग तथा आकस्मिकरूपमा हुने दुर्घटनाको उपचारका लागि सेवाग्राही बाहिरका अस्पताल जान बाध्य छन् ।

सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिकरूपमा हुने दुर्घटना तथा गर्भवतीलाई अहिले पनि हेलिकोप्टर चार्टर्ड गरेर बाहिर लैजानुपर्ने अवस्था छ । त्यो पनि गरिब तथा विपन्न परिवारका लागि सम्भव छैन । एम्बुलेन्समार्फत यहाँबाट बाहिर सिफारिस गरिँदा लामो बाटो भएका कारण कतिपयको अकालमा ज्यान गएको अवस्था पनि छ ।

जनताले पाएको सास्तीलाई ध्यानमा राख्दै जिल्ला अस्पतालमा आधुनिक सघन उपचारकक्ष (आइसीयू) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । उपकरण जडानकार्य सम्पन्न भए पनि आवश्यक जनशक्तिको अभावका कारण सेवा सञ्चालन गर्न समस्या छ ।

सङ्घीय सरकारबाट आएको रु दुई करोड लागतमा यहाँ चार शय्याको भेन्टिलेटरसहित आइसीयू कक्षमा उपकरण जडान गर्ने काम सम्पन्न भए पनि आवश्यक दक्ष चिकित्सक नहँुदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ आवश्यक परेको खण्डमा अझै दुई शय्या थप्न सकिने अस्पतालको भनाइ छ । आइसीयू सञ्चालनका लागि एनएसथेसिया चिकित्सकसहित १० देखि १२ जना आवश्यक रहेको भए पनि जनशक्ति अभावमा सेवा सुरु गर्न नसकिएको अस्पतालका प्रमुख डा मिलन राईले जानकारी दिनुभयो ।

केन्द्रबाट दरबन्दी आउन ढिलो हुने भएकाले अहिले स्थानीय तहहरूसँग छलफल गरेर बजेटको व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । “जिल्लाले भोग्दै आएको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर आइसीयू सेवा सञ्चालनका लागि उपकरण जडानका काम सकिएको छ”, डा प्रमुख राईले भन्नुभयो, “आवश्यक जनशक्ति अभावले सेवा सञ्चालन गर्न समस्या भएको छ, केन्द्रबाट आउने दरबन्दी ढिला हुने भएकाले स्थानीय तहसँग छलफल गरेर जनशक्ति परिचलानका लागि बजेट व्यवस्थापन गर्ने सोच छ, त्यो पनि कतिसम्म सम्भव हुन्छ ।”

आइसीयू सेवा सञ्चालन गर्न भवनको समेत अभाव रहेको छ । बिरामीको चाप बढेकाले १५ शय्याको अस्पतालमा ३७ शय्या सञ्चालन गरिएको छ । जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नोति गर्न मन्त्रालयबाट स्वीकृति पाएको भए पनि आवश्यक काम अघि बढ्न ढिला भएको प्रमुख डा राईले जानकारी दिनुभयो । पचास शय्याको अस्पताल सञ्चालनका लागि विशेषज्ञ चिकित्सकसहित एक सय ४९ जनशक्ति आवश्यक पर्ने उहाँको भनाइ छ ।

“अस्पतालमा भवनको अभाव छ”, डा राईले भन्नुभयो, “पचास शय्या सञ्चालनका लागि स्वीकृति पाएको छ, तर आवश्यक काम अघि बढेको छैन, अहिले पनि १५ शय्याको अस्पतालमा ३७ शय्या सञ्चालन गर्नुपरेको अवस्था छ ।”

अस्पतालमा हिउँदको समयमा दैनिक एक सयको हाराहारी बिरामी आउने र अन्य समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेका छन् । अस्पताललाई आवश्यक पर्ने थप नयाँ भवन निर्माणका लागि रु ४७ करोड ५० लाख बजेट माग गरेको भए पनि त्यसको सुनुवाइ नभएको डा राईले बताउनुभयो । “अस्पताललाई आवश्यक पर्ने भवनका लागि प्रदेश नं १ सरकारमा बजेट माग गरेका थियौँ”, उहाँले भन्नुभयो, “बजेट परेन, अहिले जसोतसो गरेर काम सञ्चालन गरेका छौँ, स्वास्थ्यजस्तो कुरामा राज्यले ध्यान दिनुपर्ने हो ।”

अस्पताललाई अवश्यक सुविधासम्पन्न बनाउन करिब रु एक करोड लागतमा अक्सिजन प्लान्ट जडान गर्ने काम पनि सकिएको छ । आइसीयूकक्ष सञ्चालनका लागि जनशक्ति जुटेपछि त्यसलाई पनि सञ्चालनमा ल्याउने उहाँको भनाइ छ । जिल्ला अस्पतालमा चाँडो आइसीयू सेवालाई सञ्चालनमा ल्याउन जनशक्ति व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । यहाँबाट प्रतिनिधित्व गरेर देशको महत्वपूर्ण जिम्मेवारीमा नेताहरू पुगे पनि आफ्नो जिल्लाको विकासमा ध्यान नदिएको स्थानीय लोकबहादुर प्रधानले बताउनुभयो ।

“जनशक्ति अभावका कारण आइसीयू सेवा सुरु गर्न नसक्नु जिल्लाका लागि दुःखको कुरा हो”, उहाँले भन्नुभयो, “आवश्यक जनशक्ति व्यवस्थापनका लागि राज्यले पहल गर्र्न आवश्यक छ, यहाँ यो सेवा चाँडो सुरु भए उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने थिएन ।”

विगतमा कच्ची भवनमा सञ्चालन भइरहेको जिल्ला अस्पतालको अहिले केही स्तरोन्नति गरिएको छ । यहाँ करिब रु १३ करोड लागतमा अस्पताल भवन बनेको छ भने रु चार करोड लागतमा चिकित्सक आवास र रु आठ करोड लागतमा नर्सिङ आवास निर्माण भइरहेको छ ।

विगतमा हुँदै आएको रगत अभाव भने अन्त्य भएको छ । यहाँ आवश्यक पर्ने रगतका लागि रेडक्रसमा ब्लड बंैक स्थापना गरिएको छ । अस्पतालमा ५० पिन्टसम्म रगत राख्न सकिने अस्पतालले जनाएको छ । यहाँ सञ्चालनमा रहेको शल्यक्र्रियाबाट गरिने प्रसूति ९सिजेरियन सेक्सन० सेवा भने सञ्चालन भइरहेको छ । यहाँ सेवा सञ्चालन भएपछि शल्यक्रियाबाट जटिल खालको प्रसूतिसमेत हुने गरेको छ । सेवा सञ्चालनका लागि दुई चिकित्सक रहेको अस्पतालले जनाएको छ ।

यो सेवा लिनका लागि जिल्लासँगै छिमेकी जिल्ला खोटाङबाट समेत बिरामी आउने गरेको अस्पतालले जनाएको छ । यो सेवा पनि दक्ष चिकित्सक जिल्लामा नबस्दा बन्द हुने गरेको थियो । खास गरेर पहाडी जिल्लाको दुर्गम क्षेत्रमा चिकित्सक बस्न नचाहँदा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । अहिले भने जिल्ला अस्पतालमा छ चिकित्सकले सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com