गण्डकी प्रदेशको ‘विद्यालय नर्स’ का लागि विद्यालय छनोट


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट भएका मन्त्रालयका निमित्तसचिव उदयबहादुर पराजुलीले बताउनुभयो । दुवै विद्यालयमा स्टाफ नर्स (पाँचौँ तह)को दरबन्दी थप गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले आन्तरिक स्रोतबाट रामशाह माविमा नर्सको व्यवस्थापन गर्दै आएकामा स्थायीरूपमा नर्सको दरबन्दी भएपछि सहज हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकाले सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयबाट नर्स कार्यक्रम सुरुआत गरेको थियो । रामशाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिनेलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या पर्न सक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिने जनाइएको छ ।

सरकारी दरबन्दीमा तनहुँमा दुई विद्यालय छनोट भए पनि कतिपय विद्यालयले भने आफ्नै स्रोतबाट विद्यालयमा नर्स राखेका छन् । यसले गर्दा विद्यार्थीलाई सहज हुँदै आएको छ । विद्यालयमा बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको नर्स कार्यक्रममार्फत विद्यार्थीलाई सहज भएको हो । विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नपर्ने भएको छ ।

व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले बिएस्सी नर्सिङ उत्तीर्ण सुनिता जोशीमार्फत नर्सिङ सुविधा प्रदान गरिरहेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो । प्राथमिक उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरू धेरै भएकाले बिरामी भइरहने, घाइते हुने गरेकाले उपचारमा सहज बनाउन नर्स राखिएको जनाइएको छ ।

विद्यालयका अनुसार व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने जिम्मेवारी नर्सलाई दिइएको छ । अखाद्य वस्तु ‘जङ्क फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने गरेको विद्यालयले जनाएको छ ।

रजश्वलाका बेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि नर्समार्फत समाधान हुने विद्यालयले अपेक्षा लिएको छ । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे नर्सले सिकाउने गरेका छन् । महिनावारी भएका बेला छात्रालाई सेनेटरी प्याड विद्यालयले निःशुल्क प्रदान गर्ने गरेको छ ।

विद्यार्थीलाई व्यक्तिगत सरसफाइजस्तै हात धुने, नङ काट्ने, दाँत माझ्ने, नुहाउने, यौनाङ्गको सरसफाइका बारेमा महत्व बुझाएर व्यवहार परिवर्तन गर्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइ, प्याड बनाउने, लगाउने तरिका र फोहर प्याड व्यवस्थापन गर्ने तरिकाबारे नर्ससँग खुलेर कुरा गर्न सक्ने विद्यालयको अपेक्षा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com