पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान,राजनीतिक दलका नेता, उपप्रधानमन्त्री तथा मन्त्रीहरूको सहभागिता


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा बुधबार भृकुटिमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन नेताकार्यकर्तासँग भेटघाट गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल÷रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान समारोहमा विभिन्न राजनीतिक दलका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ ।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताको उपस्थिति थियो ।

जलपान समारोहमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, पेशाकर्मी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो । राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका जातजाति, वेशभूषा झल्कने झाँकी प्रस्तुत गरिनुका साथै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कविता एवं गीतसङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा आमन्त्रण गरिएका पाहुनालाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेताहरू बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, निरञ्जन थापा र धवलशम्शेर राणालगातयले स्वागत गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राप्रपा अहिले संसद्मा पाँचौँ ठूलो दलका रूपमा रहेको छ । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com