नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित
प्रकाशित मिति : पुस २७, २०७९ बुधबार
gf/fo0fLdf 8lNkmg gjnk’/, @& k’;M gjnk’/ / lrtjg eP/ aUg] gf/fo0fL gbLsf] cdn6f/L3f6df b]lvPsf] 8lNkmg . kl5Nnf] ;do o;If]qdf 8lNkmg e]l6g] qmd a9];Fu} ;+/If0fsdL{x? pT;flxt b]lvPsf 5g . tl:a/ ;f}hGoM 6]s dxtf], ;+/If0fsdL{
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।
“पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भन्नुभयो, “यसले हामीलाई निकै हौसला दिएको छ ।” महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताउनुभयो ।
“नारायणी नदीमा डल्फिन छ भनेर हाम्रा बाबुबाजेले भनेको सुन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाले डल्फिन देख्न र फोटो खिच्न पाउँदा निकै खुसी लागेको छ ।” उहाँले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म देखिने गरेको जानकारीमा आएको बताउनुभयो ।
“कहिले अमलटारीबाट दक्षिणमा रहेको मध्यविन्दु नगरपालिकाको नन्दपुर तथा सेहरीमा डल्फिन देखिएको सुन्छु, कहिले उत्तरतर्फ गैँडाकोट नगरपालिकाको पितौजीघाटमा डल्फिन देखिएको खबर आउँछ”, महतोले भन्नुभयो, “यी सबै ठाउँमा देखिएका डल्फिन एउटै हुन् वा फरक हुन् भन्नेबारे भने अध्ययन हुनसकेको छैन ।” सन् २०१८ मा नारायणीमा डल्फिन देखिएपछि गत वर्षमात्रै चरा गणनाको बेलामा महतोले नै भेलौजी पोष्ट नजिक डल्फिन भेटेर फोटो खिचेको स्मरण गर्नुभयो ।






