सामुदायिक वनमा घाँस दाउरासँगै जडीबुटी पनि पाईन थाल्यो


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

कैलालीको धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीसँगै जोडिएको छ डिलासैनी सामुदायिक वन । यो सामुदायिक वनलाई स्थानीयले आवश्यकता पूर्ति गर्ने माध्यम बनाउँदै आएका छन् ।

धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ । वनबाट यतिबेला स्थानीयले घाँस दाउरासँगै जडीबुटी पनि सहजरुपमा प्राप्त गर्दै आएका छन् । सामुदायिक वन स्थानीय बासिन्दाका लागि औषधिको स्रोत बन्दै गएको स्थानीयबासीको भनाइ छ ।

“कुनै बेला वनको संरक्षण हुन नसक्दा जङ्गलभित्र भूइँमा हरियोपात देखिन्थ्यो”, स्थानीय रमित महराले भन्नुभयो, “अहिले वनबाटै दालचिनी, अमला, बेल, हर्रोबर्रो जस्ता जडीबुटी प्रयोग गर्न पाएका छौँ ।”

डिलासैनी सामुदायिक वनका अध्यक्ष दानबहादुर विष्ट भन्नुहुन्छ, “हाम्रो सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी वृक्षरोपण गरेका छौँ । ती जडीबुटी स्थानीयले घरेलु स्वास्थ्य उपचारका लागि प्रयोग गर्छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

औषधिसम्बन्धी विज्ञता नभए पनि घरेलु ज्ञानको आधारमा वनका जडीबुटीको उपयोग भइरहेको उहाँको भनाइ छ । विज्ञता हुने हो भने यसबाट आर्थिक फाइदा पनि लिन सकिने उहाँको विश्वास छ । वनमा रहेका जडीबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउन सकियोे भने स्थानीयका घर–घरमा समृद्धि आउने उहाँको भनाइ छ ।

“जङ्गल क्षेत्र घना बन्दै गएको छ भने चुनौती पनि थपिएका छन्”, अध्यक्ष विष्टले भन्नुभयो, “जगली जनावर बस्तीमा आएर नोक्सानी गर्ने डर पनि छ । त्यसका बाबजुद पनि स्थानीयको साथ सहयोगले गर्दा गौचरणमा परिणत भएको जङ्गल घना बनाएका छौँ ।”

नेपालमा सामुदायिक वनको अवधारणा आएदेखि धेरै सुधार भएको हो । सरकारले वन विनाश तीव्र गतिमा हुन थालेपछि सरकारले सामुदायिक वन नीति लागू गरेको थियो । विसं २०३५र३६ देखि नै सामुदायिक वनको अवधारणामा पाइलट प्रोजेक्टको काम भए पनि २०४६ पछि ऐन बनाएर काम सुरु भएको थियो । त्यसपछि भारी मात्रामा वनको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्न थालिएको थियो ।

रैथाने सीपको उपयोग, महिला, जनजातिको सङ्लग्नता सामुदायिक वनका सवल पक्ष भएको अध्यक्ष विष्टले बताउनुभयो । चार दशकमा सामुदायिक वनले लोभलाग्दो फड्को मारेको उहाँको भनाइ छ । सामुदायिक वन उपभोक्ता समूह आफैँले विधान बनाएर सञ्चालित छ । त्यसलाई जिल्ला वन कार्यालयले नियमन गर्दै आएको छ ।

डिलासैनी सामुदायिक वनबाट राजपुर, श्रीलङ्का बोराडाँडीकावासीलाई ठूलो राहत भएको छ । गाउँ नजिकैको वनमा सयौंँ किसिमका जडीबुटी पाइन्छन् । एक सय चार हेक्टर क्षेत्रफलमा फैलिएको डिलासैनी सामुदायिक वनलाई दुईतिर नदीले घेरेको छ । वनको दक्षिण, पश्चिममा नदी छ । त्यो नदीले बर्सेनि कटान गर्दै गएपछि स्थानीयले जैविक तटबन्धन गरेका छन् ।

“नदीले क्षेत्रफल बढाउँदै गएपछि छेउमा बाँस, कासलगायतका बिरुवा लगाउँदा अहिले धेरै हदसम्म कटान रोकिएको छ”, स्थानीय महेश विष्टले भन्नुभयो, “यसले गर्दा धेरै ठाउँमा बस्तीसमेत जोगिएका छन् ।”

जयमती विष्ट एकल महिला हुनुहुन्छ । उहाँको आर्थिक उपार्जनको लागि भैँसीपालन गर्नुभएको छ । नजिकै सामुदायिक वन हुँदा उहाँलाई धेरै सहज भएको छ । “तीन वर्ष अगाडि यहाँ घाँस नपाउने ठाँउमा अहिले सबैको सक्रियताले गर्दा नै पर्याप्त मात्रामा घाँस पाएका छौँ”, उहाँले भन्नुभयो । नजिक वन हुँदा दैनिक मासिक तीनदेखि हचार हजारसम्म आम्दानी भएको छ । घाँस मात्र होइन दाउरा, स्याउलामा पनि धेरै सहज भएको उहाँले बताउनुभयो ।
(((

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com