भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री कार्कीको भनाइ


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा चुस्त एवं दुरुस्त हुने कुरामा जोड दिनुभयो । उहाँले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता आगाडि बढाउने जनाउँदै सरकारले प्रदेश संरचना निर्माणमा पनि विशेष ध्यान दिने बताउनुुभयो ।

उहाँले दलहरुबीच सहकार्य र एकता गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकाले अनुभव र ज्ञानलाई पूर्ण प्रयोग एवं उपभोग गरी प्रदेशलाई व्यवस्थित बनाउँदै लैजाने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको नाम राजनीतिक दलहरुकै सहमति र सहकार्यबाट टुङ्गो लगाउने उल्लेख गर्दै प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार गम्भीर रहेको बताउनुुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले प्रदेशको अवस्था बुझेर जनताको जीवनस्तर उकास्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्)० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको औचित्य सावित गर्न प्रदेश सरकारले समृद्धि र सुशासनको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा ९एमाले०का तर्फबाट रामबहादुर मगरले प्रदेशको नामकरण गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय सरकारले कतिपय कानुन निर्माण गर्न नसक्दा प्रदेश सरकारलाई समस्या भएको बताउनुभयो ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेश सरकार जनताप्रति पूर्णरुपमा उत्तरदायी हुनुपर्ने जनाउँदै सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउन संविधानमा संशोधन हुनुपर्ने माग राख्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com