कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

k|ltlglw;ef a}7sdf k”j{k|d b]pjf sf7df8f}F, @% k’; M g]kfnL sf+u|];sf ;efklt Pj+ k”j{k|wfgdGqL z]/axfb’/ b]pjf ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf wf/0ff /fVg’x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति देउवाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन् ।

बहुदलीय व्यवस्था तथा संसदीय प्रणालीमा सरकारको गुण दोष केलाउन सक्ने बलियो प्रतिपक्षी दलमा आवश्यक हुने भन्दै सभापति देउवाले कांग्रेस सरकारमा सहभागी नभई प्रतिपक्षीमै रहने बताए । पूर्णप्रतिनिधिसभाको कार्यकालको विपरीत एमाले अध्यक्ष केपी ओलीको सम्बोधनप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका देउवाले ओलीको अभिव्यक्तिले संवैधानिक व्यवस्थाप्रति चुनौती थपिएको बताए ।

देशको अर्थतन्त्र उकास्ने काममा सरकार लाग्नुपर्ने सुझाव दिएका उनले संविधानको मर्म र भावनाअनुसार सबैले काम गरेर संविधानको रक्षा गर्नुपर्ने बताए । हिजो संसद विघटनबारे एमाले अध्यक्ष केपी ओलीले बचाउ गरेपछि देउवाले खण्डन गर्दै प्रचण्ड विश्वासको मत दिने घोषणा गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com