जुम्लामा रैथाने कागुनोको माग बढ्दो


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान बिमला नेपालीले बताउनुभयो ।

कागुनोको उत्पादन कम भए पनि माग बढेको जुम्ला सदरमुकाम खलङ्गामा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो । किसानले ल्याएको कागुनोको चामल अत्यधिक बिक्री हुने गरेको छ । कागुनोको चामलको माग पूरा गर्न नसकिएको यहाँका अर्ग्यानिक पसलका सञ्चालक बताउँछन् ।

“गतवर्ष पनि माग राम्रपनि माग हुने गरेको थियो तर यो वर्ष व्यवसायीहरु किसानका घरमै पुगेर खरिद गरी बिक्री गरिरहेका छन्”, उहाँले भन्नुभयो । कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाइले बताउनुभयो । विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेका छन् ।

चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले भन्नुभयो, “कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले समस्या हुने गरेको छ । बाहिरी जिल्लाबाट आन्तरिक पर्यटनको प्रमुख रोजाइँ कागुनो चामल छ ।” कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाइ खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागुनो समुद्री सहतदेखि दुई हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुन्छ । उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरु सङ्कलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्नमा पर्छ ।

जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नेका लागि कुनै कार्यक्रम लागू नगरेको यहाँका किसान बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com