प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय
प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार
काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए ।
‘संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘तर, सरकारमा सहभागी हुन नहुने विषयमा कुनै पनि निर्णय भएको छैन ।’
प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रतिनिसभामा लोसपाका चारजना सांसद रहेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






