काठमाडौंको टुँडिखेलमा तीन दिने मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव हुने


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

नेपाल मगर संघ केन्द्रीय समितिले माघेसंक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिकृत महोत्सव आयोजन गरेको छ ।
मगर संघले आज (सोमबार) रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै पुष २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको बताएको हो ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुष वाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम रहने बताइएको छ । कार्यक्रममा मगर समूदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने छ ।
कार्यक्रममा पुष २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मागरहरुको परम्परित खेलहरु क्षलो हान्ने र धनुष वाण लगायत शुभकामना आदान प्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते दिनको १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुने छ ।

कार्यक्रममा उपस्थिति भएर मगरको मौलिक संस्कृति, भेषभुष, खानपिन, मौलिक खेल लगायतका गतिविधिको अवलोकनका लागि केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले आग्रह गरेका छन् ।
‘यो देशका विभिन्न जात जातिमध्ये मगरको एउटा बृहत र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षा गर्दै समग्र मगर समूदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाई दिदी बहिनीलाई जोडिन आग्रह गर्दर्छौ,’ अध्यक्ष पुनले भने ।
सरकारको संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै उनले सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नु पर्ने बताएका छन् । सांस्कृति जाति भन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्न आवश्यक रहेको उनको धारणा छ । मगर जाति समूदाय समग्र नेपाल र जातिको पक्षमा रहेको पनि उनले बताए ।
मगर समूदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुनले बताए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष पुन, सह–अध्यक्षद्वय गंगाबहादुर थापा मगर, गंगा खासु मगर, महासचिव टेक नाम्जाली मगर लगायतको उपस्थिति रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com