हामीले पाएको मत निराशाकाे होइन, आशाको हाे:गृहमन्त्री लामिछाने


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने ।
जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खाेलिदिन विपक्षी दलसँग आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई  आग्रह गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।

साे क्रममा उनले आफ्नाे दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उनकाे भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com