समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ: प्रधानमन्त्री


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभामा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले फरकफरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि जनतासँग गरेको सुशासन र समृद्धिको प्रतिबद्धता भने साझा रहेको उल्लेख गर्नुभयो ।

यसपटक प्रतिनिधिसभामा नयाँ दलको प्रवेश भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “संसद्मा नयाँ अनुहार थपिनुभएको छ । बिना कुनै इष्र्या म मनैदेखि भन्न चाहन्छु, तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जीत हो । तपाईंहरुमा पक्कै एउटा आवेग र केही गरी छाड्ने हुटहुटी छ । त्यो हुटहुटी नयाँ संसद्को पुँजी हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले संसद्को शपथ ग्रहणका क्रममा देखिएको विविधताले नै गर्वको महसुस गराएको स्मरण गर्नुभयो । उहाँले नयाँ दल र अनुहारको आवेग रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाईहरुलाई स्वागत छ ।” उहाँले यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “केही हुँदैन भन्ने हिन भावनाका ठाउँमा गरे के हुँदैन भन्ने उत्साह जगाउनुछ ।”

प्रधानमन्त्री दाहालले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु तथा विभेद बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । त्यो सङ्कल्प हामी सबैले लिनुपरेको छ ।” उहाँले राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिनसक्ने अपेक्षा गर्नुभयो । प्रधानमन्त्री दाहालले जोड दिएर भन्नुभयो, “सहमति मात्रै होइन, हाम्रा मतभेदमा पनि मर्यादापूर्ण हुनेछन् । कम्तीमा पनि मेरो प्रयास र अपेक्षा यसैमा केन्द्रित हुनेछ ।” प्रधानमन्त्री दाहालले नयाँ संसद् नयाँ भाष्य स्थापना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com