नेपालका लागि नवनियुक्त राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो ।
यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२ओँ राजदूत हुनुहुन्छ ।
सो अवसरमा उहाँले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता रहेको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गर्नुभयो ।
साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गर्नुभयो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।