न्युयोर्कका चर्चित नेपाली रियल्टर नवराज केसीलाई ५ हजार डलरसहितको ‘स्पीरिट’ अवार्ड


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

न्युयोर्कका चर्चित नेपाली रियल्टर नवराज केसीले ५ हजार डलरसहितको स्पीरिट अवार्ड प्राप्त गरेका छन् । न्युयोर्कको लङ आइल्याण्ड बोर्ड अफ रियल्टर्सले एक समारोहका बीच केसीलाई यो अवार्ड प्रदान गरेको हो ।

३१ हजार रियल्टरहरुमध्येबाट एकजना छानेर प्रदान गरिने यो अवार्ड प्राप्त गर्दा आफूलाई गौरवको महसुस भएको केसीले बताएका छन् । आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेखनीय सदस्यहरूलाई सम्मानित गर्न र मान्यता दिनका लागि यो अवार्ड प्रदान गरिन्छ ।

यो अवार्ड सन् २००६ देखि प्रदान गरिदै आएको छ । यो अवार्डमार्फत विजेताले सामुदायिक कारणका लागि ५ हजार डलरका साथमा बार्षिक समारोहमा उपस्थीत हुनका लागि दुईवटा टिकट समेत प्राप्त गर्छन् । केसी आमाको बार्षिक पुण्यतीथिका क्रममा सपरिवार नेपालमा रहेका कारण अवार्ड समारोहमा भने उपस्थीत हुन सकेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्सपेयर्स एसोसिएसनसँगको उनको समर्पित कामको लागि कलेज प्वाइन्टका विविध समुदायका बासिन्दाहरूको जीवनको गुणस्तर सुधार गर्न आफ्नो मिशनमा मद्दत गर्न नवराज केसीलाई २०२२ रियल्टर स्पिरिट अवार्ड पनि प्रदान गरिएको आयोजकको भनाई छ ।

यो अवार्डका लागि नोमिनेशनको आवश्यकता पर्छ । नोमिनेशनबाट प्राप्त कैयन नामहरुबाट छनौट गरेर अवार्ड प्रदान गरिदै आएको छ ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

नवराज केसी न्युयोर्क सिटी काउन्सिलको चुनावमा उम्मेदबारी दिने पहिलो नेपाली अमेरिकन हुन् भने न्युयोर्क सिटी मेयर एरिक आडम्सको एसियन एड्भाइजरी काउन्सिलका सदस्य समेत हुन् ।

केसी एक सफल उद्यमी, व्यावसायिक रियाल्टर र सामुदायिक कार्यकर्ताको रुपमा सकृय छन्। २०१९ देखि २०२० सम्म रोटरी क्लब अफ न्यूयोर्क, क्वीन्सका अध्यक्ष समेत रहेका उनी कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएसनका अध्यक्षका रूपमा कार्यरत छन्। उनी न्युयोर्कका मेयर एरिक एडम्सले पदभार ग्रहण गर्नेबेला उनका लागि सिभिक एंगेजमेन्ट ट्रान्जिसन टोलीमा समेत थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com