कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझायो


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ।

शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको हो।

त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरू पनि उपस्थित थिए ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीक मुकुल ढकाल सदस्य हुनुहुन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com