नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

????????? ??????? ?????? ?????? ?????? ???? ??????? ??????????? ??????? ?????? ?????????? ???? ?????????????? ?????????????? ??? ? ??????? ?????? ??????÷????

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ ।

राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो ।

“हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, उहाँले भन्नुभयो ।

मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो । गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख शशि भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताउनुभयो । उहाँले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताउनुभयो । कानुनी दायरामा रहेर व्यापार गर्न उहाँले व्यापारीलाई आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताउनुभयो । “बैंकबाट चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उहाँको भनाइ छ ।

हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताउनुभयो ।

नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ब्याज चर्को बनाउँदा व्यवसायी मर्कामा परेको बताउनुभयो । सरकारले नेपाली साना व्यवसायीलाई सस्तो ब्याजदरमा पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले राष्ट्रिय व्यापार सङ्घले व्यवसायीको हक, हितमा मात्र काम नगरी सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताउनुभयो । व्यापार सङ्घले सिन्धुपाल्चोकको सामुदायिक विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाउँदा व्यवसायी मारमा परेको भन्दै यसलाई तत्काल घटाउन सरकारसँग माग गर्नुभयो । बेलाबेलामा नाका बन्द हुँदा व्यवसायीले समस्या भोग्नुपरेको उहाँको भनाइ थियो ।

सङ्घका उपाध्यक्ष रामचन्द्र पराजुली, पूर्वध्यक्षहरु नयनबहादुर पण्डित क्षेत्री, रमेशचन्द्र वादे श्रेष्ठ, सल्लाहकार प्रज्वलमान शाक्य, कृष्ण पराजुलीलगायतले व्यवसायीमैत्री वातावरण निर्माणका लागि राज्यले विशेष कदम चाल्नुपर्ने बताउनुभएको थियो । विसं २०६१ मा स्थापना भएको सङ्घमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको सङ्घका महासचिव वैकुण्ठ दाहालले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com