साउदी ‘मिनीस्कर्टवाली’ भइन् हिरासत मुक्त


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

साउदी अरबले मिनीस्कर्ट लगाएर ऐतिहासिक क्षेत्रमा घुमेको भिडियो सामाजिक सञ्जालमा भइरल भएकी युवतीलाई हिरासत मुक्त गरेको छ । साउदी प्रहरीले ती महिलालाई बिना कुनै मुद्दा मुक्त गरिदिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार केन्द्रद्वारा जारी विज्ञप्ती अनुसार प्रहरीले ती महिलालाई हिरासत मुक्त गरेको हो । उनको नाम भने गोप्य राखेको छ ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार ती महिलालाई मंगलबार साँझ सामान्य सोधपुछ गरेर छोडिएको हो । विज्ञप्तीमा ती महिलाको जानकारी बिना नै भिडियो पोस्ट भएको पनि दाबि गरिएको छ ।

साउदी प्रहरीले ती महिलाले इस्लामिक कानुनको उल्लंघन हुने गरी पहिरन लगाएर घुमेको आरोप लगाएको थियो । उनलाई पक्राउ गरिएपछि संसारभर साउदीमा महिला अधिकारको विषयलाई लिएर आवाज उठेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com