राजश्व संकलन घटेपछि भैरहवा सीमामा सशस्त्रको सक्रियता बढ्यो


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेकाे छ । मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो ।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हाे । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरको नेतृत्वमा समग्र रुपन्देहीकाे  सीमा सुरक्षा व्यवस्था भइरहेकाे छ ।

सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाँउठाँउमा चेकजाँच बढाइएकाे छ । सरकारलाई राजश्वको दबाब पनि परेको छ, सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ की भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजश्व वृद्धिका लागि दुई सातादेखि लागेको उनले बताए ।

एसपी श्रेष्ठका अनुसार नियमितका साथसाथै सरप्राइज चेकिङ पनि भइरहेकाे । जहाँबाट नतिजा राम्रो पाएकाे र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ । उनले भने, ‘सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउदै आएका छौँ, कोभिडको नयाँ भेरियन्ट पनि देखिएकोले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन । कार्यालयको तथ्याङ\क अनुसार मंसिर ०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै घट्दो क्रममा रहेको भन्सार राजश्व संकलन बढेकाे छैन । आर्थिक वर्ष २०७९/८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सिमित रह्यो ।

५ पुस ०७८ देखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकेको छैन ।

नीतिमा फेरबदलले भन्सार आयात घटेसँगै राजश्वमा कमी हुनुका साथै तस्करहरू पनि मौलाएका थिए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र भन्सार कार्यालयको गस्ती टोलीले अवैध तरिकाबाट नेपाल भित्रिएका सामानहरू पनि नियमित रुपमा भन्सार हुँदै आइरहेको पाएपछि पछिल्लो समय सुरक्षा निकायको ध्यानाकर्षण सीमामा रहेको छ ।

सरकारले विभिन्न शीर्षकका वस्तुहरूको आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र (एलसी.)को व्यवस्था गरेसँगै एलसी प्रक्रियामा जान साना व्यवसायीले झन्झटिलो मानेर संगठित रुपमा तस्करी हुने गरेको भन्सार स्रोतले जानकारी दिएको छ । सुरक्षा निकाय र भन्सारको गस्ती टोलीले बरामद गर्ने अधिकांस अवैध वस्तु तिनै साना व्यवसायीको हुने गरेको छ ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको पनि प्रमुख जिम्मेवारीे अवैध वस्तुको ओसारपसर नियन्त्रणमा हाे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा  ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

यता स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने बेलहिया सीमामादेखि केही दुरीमै रहेको डण्डा बिओपीको चेकिङ प्वाइन्टसमेत सीमा क्षेत्रमा अधिकतम प्रयोग भएको छ । पर्यटक, सर्वसाधरणलाई चेकिङको नाममा धेरै सास्ती भएको भन्ने गुनासो आएकोले सोलाई मध्यनजर गर्दै सीमा विन्दुमै चेकजाँचमा कडाइ गरिएको हो ।

बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काकै कमाण्डमा सीमा चेकजाँच कडाइ गरिएको छ । सीमामै चेकिङ बढाए अवैध वस्तुहरू वैध तरिकाले भित्रिने र  राजश्व संकलनमा पनि वृद्धि हुने अपेक्षाका साथ चेकजाँच सीमा केन्द्रित गरेकाे सशस्त्र प्रहरी निरीक्षक खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षमा मात्रै दुई करोडचभन्दा बढीको किराना, विधुतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाय लगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका अनुसार चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका चोरी तस्करीका सामान नियनत्रणमा लिएको छ । सशस्त्र प्रहरीको पछिल्लो समयको सक्रियताले पनि पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियनत्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेम प्रकाश पोखरेलले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com