ऐन मिच्दै लुम्बिनी विकास कोषले थाल्यो पक्की संरचना निर्माण


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो ।

कोषले गोहिटवास्थित अशोक स्तम्भको पूर्वपट्टि स्थायी संरचना पक्की शौचालय निर्माण अघि बढाएको छ । डेढ साता अघिदेखि संरचना निर्माण भइरहेको छ । शौचालयका लागि ठूलो खाल्डो खनेर पक्की ट्याङ्की निर्माण गरिएको छ । प्राचीन स्मारक तथा पुरातात्विक स्थल संरक्षण गर्न बनाइएको प्राचीन स्मारक संरक्षण ऐनविपरीत सो निर्माण कार्य भएको छ । कुनै पनि पुरातात्विक स्थलमा विभागको अनुमति वा स्वीकृतिबिना स्थायी संरचना निर्माण गर्न नपाइने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

आफूहरूलाई गोटिहवामा निर्माण सुरु गरिएको संरचनाबारे केही थाहा नभएको उनले बताए । गोटिहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहाँ शौचालय निर्माण गर्न लागिएको कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । उनले भने, ‘कोषको पुरातत्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्विक वस्तु नभएका ठाउँमा शौचालय निर्माण अघि बढाइएको छ ।’  जानीजानी आफ्नो सम्पदा नष्ट नगर्ने उनको भनाइ छ । गोटिहवालाई क्रकुछन्द बुद्धको जन्मथलोका रूपमा मानिँदै आएको छ ।

यस क्षेत्रमा ईसापूर्व चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्वविद्हरू बताउँछन् । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को (१२) सजाय (ग) ले कुनै पनि पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनाधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुल उपर गरी पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com