गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ ।
केन्द्रीय सत्ता गठबन्धन हेर्ने हो भने यहाँ पनि एमाले, माओवादी र राप्रपाको गठजोडबाट सरकार बन्ने देखिन्छ । पहिलो पार्टी नेपाली कांग्रेससँग २७ सीट छ भने सत्ता गठबन्धनसँग ३२ सीट छ । एक सीट एकीकृत समाजवादीमा छ ।
माथिल्लो गठबन्धनका कारण यहाँ पनि पहिलो पार्टी सत्ताबाट बाहिर रहने पक्का भएको छ । दोश्रो दल एमालेको २२ तथा माओवादीको ८ र राप्रपाको २ सीटबाट गण्डकीमा सरकार बन्न सक्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।