फागुन पहिलो साता अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा आन्तराष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङगारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो ।

हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो । यस पटक भने २ देखि ६ फागुनसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवका बारेमा जानकारी दिन महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो क्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर रहेका ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सयवटा स्टल हुने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने महासंघको अनुमान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com