देउवा र उपेन्द्र यादवबीच धुम्बाराहीमा भेटवार्ता


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास धुम्बाराही पुगेर अध्यक्ष यादवले भेटवार्ता गरेको हुन्। देउवा र यादवबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको देउवा सचिवालयले जनाएको छ।

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि देउवा अहिले धुम्बाराहीस्थित भाडाको घरमा बसिरहेका छन्। सत्ता गठबन्धनमा उपेन्द्र यादवले उपराष्ट्रपतिसहित मधेशको मुख्यमन्त्री पनि मागेको छ।

तर, सत्ता साझेदार दलहरूमा छलफल भइरहेको छ। भेटमा देउवाले मधेश सरकार गठनको विषयमा पनि चासो राखेको बुझिएको छ। त्यहाँ कांग्रेस दोस्रो ठुलो दल हो।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com