बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पाँच दिनको समय दिनुभएको छ ।

उहाँले यही पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभामा प्रतिनिधत्व रहने कूल एक सय १० सदस्यमध्ये नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एस) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com