एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


प्रकाशित मिति : पुस २०, २०७९ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा करिव २ घण्टा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बताइएको छ ।

यता,  राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने भेटवार्ताबारे आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com