अमेरिकामा बचत खाता खोलेर पाउन सकिने ब्याजदर ५ प्रतिशत बढी


प्रकाशित मिति : पुस १८, २०७९ सोमबार

person holding fan of us dollar bill

नयाँ बर्षको सुरुवातसँगै अमेरिकामा बैंकमा बचत खाता खोलेर पाउन सकिने ब्याजदर कैयन बैंकमा ५ प्रतिशत बढी पुगेको छ । केही चर्चित बैंकहरुले दिने ब्याजदर पनि ४ प्रतिशतभन्दा बढी पुगेको छ ।

साली मे बैंकले २७ महिनाको फिक्सड डिपोजिटमा ५ प्रतिशत ब्याजको अफर ल्याएको छ भने सिंक्रोनी बैंकले पनि ४ दशममलव ६ प्रतिशतसम्मको ब्याजदरको अफर ल्याएको छ । फरक फरक अवधिको समयको बचत खाताका लागि दर फरक फरक रहेको छ ।

क्यापिटल वान बैंकले ४ दशमलव १५ प्रतिशतसम्म र अमेरिकन एक्सप्रेसले ४ दशमलव २५ प्रतिशतसम्मको ब्याजदरको अफर ल्याएको छ । सर्टिफिकेट अफ डिपोजिट भनिने बचत खाताका सन्दर्भमा बैंकका शर्तहरु फरक फरक रहेका छन् । कतिपय बैंकमा कतिसमयसम्म डिपोजिट गर्ने भन्ने शर्त त कतिपय बैंकमा न्यूनतम रकमका शर्तहरु रहेका छन् ।

20 us dollar bill unsplash

अमेरिकन फस्ट क्रेडिट युनियन, ब्लु फेडरल क्रेडिट युनियन, क्यान्भास, ओसन भ्यु लगायतले पनि ५ प्रतिशतभन्दा धेरै ब्याजदर अफर गरेका छन् । सिटी बैंकमा ३ महिने शर्तमा राख्न चाहनुहुन्छ भने पनि ३ प्रतिशतभन्दा धेरै ब्याजदर रहेको छ भने १ बर्षे शर्तमा राख्दा ४ दशमलव १५ प्रतिशतसम्म ब्याजदर रहेको छ ।

बैंकमा रकम राख्दा एफडीआईसी सुरक्षित भए नभएकोबारे चेक गरेरमात्र रकम राख्नुभएमा सुरक्षित हुनसक्छ । अधिंकाश बैंकमा साढे २ लाख डलरसम्म एफडीआईसीबाट सुरक्षित गरिएको हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com