खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

ललितपुरको कुपण्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको नि:शुल्क शल्यक्रिया गरेको छ ।

इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने निस्शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।

शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा.सन्जय खड्गीले जानकारी दिए ।

उनले आर्थिक अवस्था कमजोर भएर समस्या भएर समयमा शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीको खोजी गरेर निःशुल्क शल्यक्रिया सेवा दिएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खड्गी इन्स्टिच्युटले आफनो स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीका लागि नि: शुल्क शल्यक्रिया गर्दै आएको छ । हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ ।

यही पुस १४, १५ र १६ गते निस् शुल्क शल्यक्रिया शिविरको आयोजना गरेको थियो । सो शिविरमा २५ वर्षदेखि ८१ वर्ष सम्मका बिरामीले सेवा लिएका थिए । शिविरबाट सेवा लिएका बिरामीले आफूहरुले शल्यक्रिया मात्र नभएर औषधिसमेत निःशुल्क पाएको भन्दै चिकित्सक तथा इन्स्टिच्युटलाई धन्यवाद दिएका थिए ।

शिविरमा आएका बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत नि: शुल्क गरिएको थियो । साथै फलोअप जाँचसमेत निःशुल्क हुने डा. खड्गीले बताए ।

पत्थरी शल्यक्रियामा मिनि पीसीएनएल विधि र प्रोस्टेट प्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी शल्यक्रिया गरिएको थियो ।

डा.खड्गीले आगामी दिनमा पनि यस्तो खालका विपन्न बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरिने बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com