पेट्रोलियम पदार्थको मूल्य यथावत


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ ।

“हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ”, निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आज प्राप्त मूल्यसूचीबमोजिम पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा, डिजेलमा दुई रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा चार रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । मट्टितेलको मूल्य भने केही घटेर आएको निगमले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नेपाल आयल निगम नोक्सानीमा सञ्चालन हुँदै आएको छ । अहिले आयल निगमलाई हाल खाना पकाउने ग्यासमा तीन सय ५९ रुपैयाँ ५० पैसा घाटा रहेको छ । ग्यासमा मात्रै १५ दिनमा रु ४६ करोड ४४ लाख बराबर घाटा हुने निगमको अनुमान छ । तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको बिक्रीबाट हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित रु ९९ करोड बराबर नाफा हुने जनाएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसन र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी रु १८ अर्ब भुक्तानी गर्न बाँकी छ । यसअघि निगमले पुस १ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ रहेको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय ९० र बाह्यतर्फ एक दशमलव ६४ अमेरिकी डलर रहेको छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार आठ सय रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com