निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

काठमाडौं, १७ पुस । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।

रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com