कालीकोटमा मानव निर्मित गुफा भेटिए


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

gufa

कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् ।

विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामा गुफा भेटिएका छन् । ती गुफा राजाले लुक्नका लागि निर्माण गरेको स्थानीयले अनुमान गरेका छन् ।

काँडाकोटमा प्राचीन खस राजाहरुको दरबार रहेको र त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुई गुफा भेटिएको नरहरिनाथ–८ लालुका शिक्षक नवराज शाहीले बताउनुभयो । “प्राचीनकालमा राजाको दरबार रहेको क्षेत्र हो”, उहाँले भन्नुभयो, “त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिएका छन् ।”

काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती छैन । अहिले त्यहाँ दरबारका भग्नावशेष मात्र रहेको नरहरिनाथ–९ का पूर्व वडाध्यक्ष जोरबहादुर शाहीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यहाँ धान कुटने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।” निकै घना जङ्गलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गा र कुवा पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

मानव निर्मित वस्तु फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको स्थानीय देवेन्द्रबहादुर शाहीले बताउनुभयो । “विगतको इतिहास अध्ययन गर्न सरकारी तवरबाट नै संरक्षण गर्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “यी गुफा र दरबार क्षेत्रको उत्खनन गरेर इतिहासका बारेमा जानकारी लिन सकिन्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com