नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध


प्रकाशित मिति : श्रावण २६, २०७९ बिहीबार

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका छन् । जुन भिसाबाट नेपाली मोडलहरु पनि अमेरिका आउन सक्नेछन् ।

नेपाली मोडलिङ उद्योगमा युवायुवतीहरुको आकर्षण बढिरहेको अवस्थामा उनीहरु अमेरिका आउन चाहेको खण्डमा तीन प्रकारका भिसाहरु प्रयोग गर्न सक्नेछन् ।

फेशन उद्योगमा रहेका मोडलहरुका लागि अमेरिकी सरकारले तीनबर्षसम्म अमेरिकाका बसेर काम गर्न मिल्ने एचवान बीथ्री भिसा उपलब्ध गराउँदै आएको छ । त्यसका लागि एउटैमात्र योग्यता भनेको चर्चित मोडल हुन जरुरी छ ।

यो भिसामा आउनका लागि अमेरिका आउन चाहने मोडलका लागि अमेरिकामा रहेको स्पोन्सर कम्पनीले आवेदन दिनुपर्छ , जसमा कामदार भिसाको ६५ हजारको कोटा लागु हुन्छ ।

यो भिसामा मोडल ल्याउनका लागि स्पोन्सर कम्पनीले लेबर सर्टिफिकेट प्राप्त गरेको हुनुपर्छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै मोडलहरु अमेरिका आउनसक्ने अर्को भिसा हो, ओ वान बी भिसा । आफ्नो फिल्डमा अति दक्ष रहेको देखाउन सकेमा यो भिसा प्राप्त गर्न सकिन्छ । यो भिसाका लागि अमेरिकी रोजगारदाता वा अमेरिकामा रहेका एजेन्टले आवेदन दिनसक्छन् । सुरुमा तीनबर्षसम्मका लागि दिइने यो भिसाको अवधि एकबर्षसम्म थप्न सकिन्छ । यो भिसाका लागि कुनै पनि वेला आवेदन दिन सकिन्छ भने यो भिसामा कुनै कोटा पनि लागु गरिएको छैन । तर अमेरिका आउन चाहेको मितिले एकबर्षदेखि ४५ दिनभित्र यो भिसाका लागि आवेदन दिनुपर्छ । यो भिसाका लागि स्पोन्सरले फर्म आई १२९ फर्म भरेर युएससीआईएसमा आवेदन दिन जरुरी छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै कुनै कार्यक्रममा सहभागी हुनका लागि मोडलहरु पी थ्री भिसामा पनि अमेरिकामा आउनसक्छन् । त्यसका लागि कार्यक्रम आयोजकले युएससीआईएसमा फाइल गर्नुपर्छ । अन्य भिसाको तुलनामा पी थ्री भिसा पाउन केही सहज हुने भएपनि पी थ्री भिसाको अवधि पनि अलिक कम हुनेगर्छ ।


यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com