अहिलेको गठबन्धन लामो समय टिक्दैन : वरिष्ठ नेता पौडेल


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन । अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।”

मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उहाँले बताउनुभयो । “हामी प्रतिपक्षमा बसेर पनि राजनीतिक स्थिरता र सुशासनका निम्ति सदैव लड्नेछौँ,” नेता पौडेलले भन्नुभयो । उहाँले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउँदै भन्नुभयो, “देशलाई सहमतिको आवश्यक छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताले हिम्मत गर्नुपर्छ ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com