मधेश प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

???? ???????? ? ?? ? ??? ????????? ???????? ???????? ??????? ????????? ??????? ????? ??????? ?????? ???????? ? ??????? ?????? ????? ???÷????

मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यबाट नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिने प्रावधान रहेको छ । न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

एक सय सात सदस्यीय प्रदेशसभा समस्यमध्ये एकसय छ जनाले पद तथा गोपनीयताको शपथ लिनुपर्नेमा दुई जनाविरुद्ध क्लस्टरको विवादमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण आज एकसय चार जनाले मात्रै शपथग्रहण गर्नुभयो । क्लष्टरको विवादपछि परेको मुद्दामा सर्वोच्च अदालतबाट तत्काल शपथग्रहण नगराउन आदेश भएकाले माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद मो.रजी हैदर र माला कर्णलाई हाल शपथग्रहण नगराइएको प्रदेशसभा सविच रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

दश वटा दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा)का १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका तर्फबाट सात सांसद रहेका छन् । त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रदेशसभामा पाँचजना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसदले विभिन्न आठ भाषामा पद तथा गोपनीयताको सपथ प्रहण गर्नुभएको थियो । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा सपथग्रहण गर्ने पनि सविच यादवले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com