आदिवासीको भूमि गण्डकीमा सांसदले किन लिएनन् मातृभाषामा शपथ ?


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

गण्डकीका ६० मध्ये ३ सांसदले मातृभाषामा शपथ लिएका छन् । गण्डकीलाई गुरुङ जातिको उद्गम थलोका रुपमा लिने गरिन्छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी समानुपातिक क्लष्टरमा आदिवासी जनजाति पर्छन् । ४२.३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिबाट प्रतिनिधित्व हुन्छ । यहाँ खसआर्यको ३७.२४ प्रतिशत मात्रै प्रतिनिधित्व छ । गण्डकीमा आदिवासी जनजातिबाट २३ जना सांसद निर्वाचित भएका छन् ।

तिमध्ये अधिकांशले नेपाली भाषामै शपथ लिए । ३ जना सांसदले मात्रै आफ्नो मातृभाषामा शपथ लिएका छन् । कास्कीकी सरस्वती गुरुङ, स्याङजाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मात्रै आफ्नो मातृ भाषामा शपथ लिएका हुन् । उनीहरु आफ्नै जातिको पहिरनमा सजिएर संसद छिरेका थिए । अरु सांसदहरू मातृ पहिरनमा सजिए पनि शपथ भने नेपाली भाषामा लिए ।

मातृभाषामा शपथ लिने मध्ये सरस्वती र पार्वती नेपाली कांग्रेसका हुन् भने पञ्चराम राप्रपाका हुन् । जातीय एकता देखाउनकै लागि आफुले मातृभाषामा शपथ लिएको सांसद सरस्वती गुरुङले बताइन् । ‘यो एकताको प्रतिक हो । सबै जातजातिका व्यक्तिहरुको फूलबारी हो गण्डकी भन्ने सन्देश गएको छ,’ उनले भनिन् । मातृभाषामा शपथ लिने तीनै जना समानुपातिक सांसद हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com