प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।

साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com