प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, साझा न्यूनतम कार्यक्रमबारे छलफल


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ ।

यसअघि हिजो बिहीबार ओलीको संयोजकत्वमा सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न उच्चस्तरीय संयन्त्र गठन गरेको थियो।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाइएको थियो। समितिका सदस्यहरूमा नेताहरू वर्षमान पुन, धवलशमशेर राणा र मुकुल ढकाल छन्। उक्त समितिलाई पाँच दिनभित्र मस्यौदा तयार पार्न निर्देशन दिइएको छ।

यस्तै मन्त्रिपरिषद्को विस्तार भने संसद्बाट विश्वासको मत लिइसकेपछि गर्ने तयारी रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com