जाडो छल्न नारायणी आसपासका क्षेत्रमा आइपुगे विदेशबाट चरा


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् ।

जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताउनुभयो । नवलपरासीपूर्व नवलपुरको नारायणी नदीसहित देशका विभिन्न भागमा अहिले विभिन्न देशका चरा जाडो छल्न आइपुगेको उहाँले बताउनुभयो ।

विभिन्न देशका चरा जाडो छल्ने यहाँ आइपुगेपछि अहिले नारायणी नदी आसपासका क्षेत्रमा चराको सङ्ख्या धेरै देख्न सकिने संयोजक चौधरीले बताउनुभयो । यसले गर्दा नारायणी नदी क्षेत्रको वातावरण रमाइलो बनेको उहाँले बताउनुभयो । हाँस प्रजातिका जलपक्षी अहिले नारायणी नदी क्षेत्र ढाकिएको उहाँले बताउनुभयो । यसले यस क्षेत्र रमणीय बनेको संयोजक चौधरीले बताउनुभयो । “अहिले धेरैजसो विभिन्न देशका चरा जाडो छल्न यस क्षेत्रमा आइसकेका छन्, नदी आसपासका क्षेत्रमा जलपक्षी प्रजातिका चराले रमणीय बनाएको छ”, चौधरीले भन्नुभयो ।

विशेषगरी पानीमा रहने चरा यहाँ बसाइँसराइ गरी आउने गरेका छन् । साइबेरिया, चीन, बर्मा, मङ्गोलिया, रुस, कोरिया, थाइल्याण्डलगायतका देशबाट आगन्तुक चरा यतिबेला यस क्षेत्रमा आइपुगेको उहाँले बताउनुभयो । यहाँ आउने चरामा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चरा हुने गरेका छन् । आन्तरिकरूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चरा यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिसो धेरै बढेपछि जाडो छल्न र आहारका लागि विभिन्न देशबाट चरा यस क्षेत्रमा आउने गरेको उहाँले बताउनुभयो । “चिसो अत्यधिक बढेपछि क्रमशः यस क्षेत्रमा बसाइँसराइ गरी चरा आउने गर्छन्, जाडो छल्न र आहाराको खोजीका लागि चराहरूले लामो दूरी पार गरी नेपाल आउने गरेका छन्”, चौधरीले भन्नुभयो ।

नारायणी नदी, नवलपुरसहित चितवन राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा अहिले आगन्तुक चरा सहजै देख्न सकिने उहाँले बताउनुभयो । सेप्टेम्बर महिनादेखि डिसेम्बरसम्म चरा आउने क्रम रहने संयोजक चौधरीले बताउनुभयो । जाडो मौसमभरि यहाँ रहने चरा फेब्रुअरीदेखि गर्मी बढ्न थालेपछि आफ्नो पुरानो बासस्थानमा फर्किन सुरु गर्ने उहाँले बताउनुभयो । अप्रिलसम्ममा जाडोमा आएका सबै चरा पुनः जहाँबाट आएको हो त्यही देश फर्किने उहाँले बताउनुभयो ।

जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणनाको कार्यक्रमसमेत गर्ने गरिएको छ । नारायणी नदी र आसपासका क्षेत्रमा जलपक्षी गणनाको कार्यक्रम अबको केही दिनपछि गरिने उहाँले बताउनुभयो । गत वर्ष यसै समयमा गरिएको चरा गणनामा नवलपुरको नारायणी नदी र यसको छेउछाउका क्षेत्रमा ३८ प्रजातिका जलपक्षी फेला परेको उहाँले बताउनुभयो । प्रदूषण, कोलाहल, संरक्षणका ठोस योजना र प्रयास नहुँदा यस क्षेत्रमा चराको सङ्ख्या र प्रजाति भने कमी हुँदै गएको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com