काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ। पुरानो बानेश्वर-मैतीदेवी- कमलपोखरी रूटमा चल्ने बा १ ह ३९६७ नम्बरको टेम्पोमा बिहान ७ बजे आगलागी भएको हो । आगलागीबाट टेम्पोमा क्षति भएको छ ।
टेम्पो चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतका अनुसार एक्कासी झ्वाट्ट गर्यो, धुवाँ आउन थाल्यो,‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ।
‘उनले भने यात्रुलाई चोकमा ओरालेपछि टेम्पो लिएर म एक्लै अघि बढिरहेको थिएँ। ‘म, स्थानीय र प्रहरी भएर जारको पानी हाल्दा ननिभेपछि दमकम आएर आगो निभाएको हो।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।