यसरी गर्नुहोस् आफ्नो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता र दर्ता भए/ नभएको चेक


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

सरकारले आज पौष १५ देखि लागु हुनेगरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत भाद्र ३० सम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता गरिएपनि त्यसपछि ल्याइएका र दर्ता नगरिएका सेटहरु भने पौष १५ देखि नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफूले बोक्ने मोबाइल फोन उक्त प्रणालीमा सूचिकृत रहे नरहेको यकिन गर्न समेत प्राधिकरणले ताकेता गर्दै आएको थियो। भन्सारमा घोषणा नभएको मोबाइल फोन पौष १५ गते देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने भन्दै व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्र सहित राहदानी /नागरिकता / राष्ट्रिय परिचयपत्रको आधारमा दर्ता गर्न सुझाव दिइएको थियो ।

देशमै मोबाइल फोन खरिद गर्दा समेत उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता भए नभएको यकिन गर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ। नेपालमा १५ दिनभन्दा लामो समय नेपालमा बिताउने जो कोहीले एमडीएमएस प्रणालीमा आफ्नो मोबाइल फोन दर्ता गर्नुपर्ने प्रावधान ल्याइएको छ । जस अनुशार १५ दिनभन्दा लामो समय नेपालमा बस्ने पर्यटकहरुले समेत आफ्नो मोबाइल दर्ता गर्नुपर्छ । १५ दिनसम्म चलाउन भने कुनै समस्या नहुने जनाइएको छ ।

आफ्नो प्रयोग गरिरहेको सेट वा नयाँ किन्ने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता भए नभएको यकिन गर्न यहाँ क्लीक गर्नुहोला ।

आफ्नो आईएमईआई नम्बर मोबाइलमा हेर्न *#06# डायल गर्नुहोला । त्यसपछि उक्त नम्बर हालेर आफूले प्रयोग गरिरहेको सेट वा नयाँ किन्ने मोबाइल सेट दर्ता भए नभएको हेर्न सक्नुहुनेछ ।

नयाँ मोबाइल किन्ने क्रममा चेक गर्दा यदि यस्तो सुचना प्राप्त गर्नुभएको खण्डमा उक्त मोबाइल पहिले नै प्रयोगमा आइसकेको बुझ्नुपर्छ । सेकेण्ड ह्याण्ड उक्त मोबाइल किन्दा पनि तपाईलाई कुनै समस्या हुनेछैन।

यदि दर्ता भएको भएमा तपाईको मोबाइल एनटीए र एमडीएमएसमा दर्ता भइसकेको सुचना पाउनुहुनेछ ।

चेक गर्दा यदि यस्तो सुचना प्राप्त गर्नुभएको खण्डमा ढुक्क भएर मोबाइल चलाउन सक्नुहुनेछ । कुनै कदम चाल्नुपर्दैन ।

नयाँ मोबाइल किन्नु अगाडि पनि यसरी चेक गर्दा यदि मोबाइल पहिले नै दर्ता भएर प्रयोगमा आएको भएमा त्यसको सुचना प्राप्त गर्नुहुनेछ ।

चेक गर्दा यदि यस्तो सुचना प्राप्त गर्नुभएको खण्डमा दिइएको लिंकमा क्लीक गरेर आफ्नो मोबाइल दर्ता गराउनुहोला ।

यदि मोबाइल एनटीए र एमडीएमएसमा दर्ता भएको छैन भने तपाईले दर्ता गर्ने लिंकसहितको सुचना प्राप्त गर्नुहुनेछ । त्यस्तै नयाँ किन्दा पनि एनटीए र एमडीएमएसमा दर्ता भएको छैन भने आईएमईआई नम्बर हालेर चेक गर्दा उक्त मोबाइल खरिद नगर्न सुचित गरिनेछ ।

नयाँ मोबाइल किन्ने क्रममा चेक गर्दा यदि यस्तो सुचना प्राप्त गर्नुभएको खण्डमा उक्त मोबाइल नकिन्नुहोला ।

यदि तपाईसँग पहिले नै खरिद गरेको मोबाइल छ र एनटीए र एमडीएमएसमा दर्ता गर्नुपर्नेछ भने यहाँ क्लीक गर्नुहोला ।

विदेशबाट नेपाल भित्रिएका नेपाली नागरिकले आफ्नो इमेल प्रयोग गरि यो आवेदन भर्नु पर्दछ । आवेदनमा प्रयोग भएको इमेलमा आवेदनको जानकारी आवेदकलाई दिईने छ ।

फारम भर्दा पहिलो चरणमा मा दर्ता गर्न लागिएको मोबाईल सम्बन्धि विवरण भर्नु पर्दछ । जसमा आईएमईआई नम्बर, ब्राण्ड, मोडल र पहिलेदेखि प्रयोगमा भए नभएको उल्लेख गर्नुपर्छ । दोश्रो चरणमा आवेदकले आफुले प्रयोग गर्ने इमेल राखी ओटीपी मार्फत प्रमाणीकरण गर्न पर्दछ ।

तेश्रो चरणमा आवेदकले व्यक्तिगत विवरण खण्डमा आफ्नो विवरण भर्न पर्दछ । नेपालमा प्रयोग गरिने मोबाईल नम्बर भर्नु पर्दछ । ठेगाना विवरणमा आवेदकको पासपोर्टमा उल्लिखित ठेगाना भर्न पर्दछ । साथै आगमन विवरणमा आवेदकले कुन देशबाट नेपाल फर्केको र कहिले फर्केको विवरण भर्न पर्दछ ।

आवेदक स्वयंले उक्त मोबईल प्रयोग गर्ने भए मोबाइल प्रयोगकर्ता विवरणमा आफू छनौट गर्न पर्दछ। यदी प्रयोगकर्ता अरु नै भए निजको विवरण उक्त्त खण्डमा भर्नु पर्दछ ।

चौथो चरणमा आवेदकले आफुले भरेको विवरण यकिन गर्नु पर्दछ । आवेदनसंग सम्बन्धित कागजात जस्तै पासपोर्ट, अध्यागमन विभागको राष्ट्र प्रवेश गरेको छाप, मोबाईल खरिद गरेको बिल आदिको स्पस्ट बुझिने स्क्यान कपी अपलोड गरि फारम बुझाउनु पर्दछ । आवेदन सफल भएपछी इमेल मार्फत जानकारी प्राप्त हुनेछ ।

यसरि प्राप्त आवेदनहरु प्राधिकरणबाट रुजु गरिनेछ । आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी आवेदकलाई निजको इमेल मार्फत जानकारी गराईनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com